Erani Mahal
तानसेनमा सहकारी सञ्जाल गठन
Tansen-nagarpalika-1
पाल्पा – तानसेन नगरपालिकामा सञ्चालित सहकारी सञ्जाल गठन सम्बन्धी कार्यक्रम भएको छ । सहकारी संस्थाहरु सम्बद्ध सञ्जाल गठन गर्ने उद्देश्यले भएको कार्यक्रममा सहकारी सञ्जाल गठनका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा तानसेन नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाले तानसेन नगरभित्र रहेका सहकारी संस्थाहरुको अवस्था, उनीहरुले संचालन गरेका क्रियाकलापका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा तानसेनभरिका सहकारी संस्थाहरुका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उहाँले नगरपालिकाबाट सहकारी संस्थाहरुको क्षमता तथा संस्थागत विकास र नियमनका बारेमा भईरहेको कामहरुको बारेमा जानकारी समेत दिनुभयो । उहाँले चालु आवमा नगरपालिकाले क्षमता विकास सम्बन्धी तालिम, सहकारी संस्थाहरुको व्यवसायिक योजना निर्माणमा सहयोग, सहकारी संस्थाहरुलाई सहयोग लगायतको कार्यक्रम गरेको बताउनुभयो । कार्यक्रमा तानसेन नगरपालिकाका नगरप्रमुख अशाेककुमार शाही, उपप्रमुख लक्षमीदेवी पाठक, नेपाल बार एशाेसिएसनका अध्यक्ष जाेगलाल विक, जिल्ला सहकारी संघका अध्यक्ष जगदीश भट्टराइ, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याललगायतले बाेल्नुभएकाे थियाे । कार्यक्रमपछि महेश्वर पन्तको संयोजकत्वमा ९ सदस्यीय तानसेन सहकारी सञ्जालको गठन गरिएको छ । सहमतिको आधारमा सञ्जाल गठन गरिएको हो ।
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update