Erani Mahal
तिनाउ गाउँपालिकाका- २ दोभानलाई पूर्ण सरसफाई युक्त वडा बनाउने अभियान
Tis a (2)
पाल्पा- तिनाउ गाउँपालिकाको वडा नं. २ दोभानलाई पुर्ण सरसफाई युक्त वडा बनाउने अभियान सुरु भएको छ । वलाई पूर्ण सरसफाई युक्त बनाउने गरेर अगाडि जानको लागि गाउँका विभिन्न स्थानमा डष्टविन, बाल्टी वितरण, सरसफाई सम्बन्धि जनचेतना लगायतका कामहरु गरिएको वडा अध्यक्ष राजेश श्रेष्ठले रानीमहललाई बताउनुभयो । उहाँका अनुसार पूर्ण सरसफाईयुक्त वडा बनाउनका लागि सरसफाई सम्पूर्ण सूचकमा वृद्धि गर्नका लागि विभिन्न कामहरु गरिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले दोभानलाई यस वर्ष पूर्ण सरसफाई युक्त वडा बनाउने गरी बजेट विनियोजन भएको र सोही अनुसार विभिन्न कार्यक्रमहरु संचालन गरिएको बताउनुभयो । उहाँले पूर्ण सरसफाई अभियानका लागि स्थानीय जनता, महिला समूह, टोल विकास संस्था, स्थानीय समासेवी सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । तिनाउ गाउँपालिकाको वडा नं. २ दोभानलाई पुर्ण सरसफाई युक्त वडा बनाउने अभियानमा हातधुन र फाेहाेर व्यस्थापनकाे लागि बाल्टिन र डस्टविन वितरण गरिएकाे अध्यक्ष श्रेष्ठले बताउनुभयाे । हरियाली गाउँ,माहापुर ,हापुर,तिनहले,नुवाकाेट,गणेहटाेल,सिस्नेरी,माहाराबास,सुकेताल लगाएतका ४ सय ९७ घरलाई वितरण गरिएकाे छ । तिनाउ २ लाई पुर्ण सरसफाइ युक्त वडा घाेषणा गर्ने कार्यक्रम अन्तर्गत खानेपानी र सरसफाइकाे काम वढी रहदा सबै घरलाई पुग्ने गरी गत वर्ष याे वर्ष हात धुनकाे लागि बाल्टी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष आेमबहादुर घर्तीले बताउनुभयाे
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update