Erani Mahal
तिनाउ दाेभानमा कृषि तथा पशुपालन गरी नमुना किसानलाइ नगदद्वारा सम्मान
107135235_2607609749463887_5688104056700824106_o
पाल्पा-तिनाउ गाउँपालिका २ नम्वर वडाको आयोजनामा १६ किसानलाई नगद सहित पुरस्कृत भएका छन् । कृषि तथा पशुपालन गरी नमुना बनेर अरु बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रेरणादायी भूमिका खेलेकोले वडापालिकाले १० हजार रुपैयाँले पुरस्कृत गरेको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । चालु आर्थिक वर्ष कृषि तथा पशुपालनमा ६ लाख र पशुपालनमा ३ लाख विनियोजन गरेकोमा थियो । ८ जना किसानलाई स्प्रे र प्लाष्टिक टनेल वितरण गरेको । गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले नगद हस्तान्तरण गर्दै सानो लगानीबाट ठूलो उपलब्धी हासिल गर्ने किसानको प्रशसा गर्नुभयो । उहाँले जन्मथलोमा बसेर पनि प्रशस्त आम्दानी गर्न सकिने बताउँदै त्यसका लागि कृषि र पशुपालनमा सबैको आकर्षण हुनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले व्यवसायिक रुपा तरकारी तथा पशुपालन गर्ने किसानलाई गाउँपालिकाले सहयोग गर्ने कार्यक्रम रहेको बताउनुभयो । समाजसेवी चक्रब्युह थापाले तिनाउ सरकारले किसानहरुको पक्षमा धेरै राम्रो काम गरिरहेको बताउनुभयो । उहाँले वडा नं २ ले झन सदैव कृषि र पशुपालनको क्षेत्रमा उत्साहजनक काम गर्दै आएको बताउनुभयो । पुरस्कृत हुने किसानहरु सुर्य बगाले, अनन्तराज पाण्डे, बाबुराम कुमाल लगायतले स्थानीय सरकारकै कारण आफुहरु आत्मनिर्भर बन्न सफल बनेको बताउनुभयो । कृषि तथा पशुपालनबाट गरीवी हटाई आत्मनिर्भर बन्न सकिने हुदाँ गाउँमा बेरोजगार युवाहरुलाई कृषि पेशामा लाग्नुपर्ने सुझाव किसानको छ ।
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update