Erani Mahal
तिनाउ गाउँपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई नगद अनुदान प्रदान
तत
पाल्पा- जिल्लाकाे तिनाउ गाउँपालिकाले दुग्ध उत्पादक किसानहरूलाई उत्पादनका आधारमा नगद अनुदान प्रदान गरेकाे छ । गाउँपालिकाकाे नीति अनुसार गाउँमा आ.व. २०७६।०७७ मा किसानका आफ्नाे उत्पादनकाे आधारमा नगद अनुदान रकम वितरण गरिएकाे हाे । गाउँपालिकाले डुम्रे दूग्ध उत्पादन सहकारी सस्था मार्फत दुध बिक्री गर्ने किसानहरूलाई प्रती लिटर २ रूपैयाँका दरले नगद वितरण गरिएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयाे । पालिकामा सबैभन्दा धेरै अनुदान प्राप्त गर्ने मुनाल गाईफाम डुम्रेका सरस्वती जिसीले ८५ हजार रूपैयाँ नगद प्राप्त गर्नु भएकाे छ । तिनाउ गाउँपालिकाले कुल ५ लाख बराबरको अनुदान उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दामोदर भण्डारीले बताउनु भयाे । उक्त कार्यक्रम तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरकाे हातबाट अनुदान रकम वितरण गरिएको थियाे । कार्यक्रममा वडा अध्यक्षहरू टाेप बहादुर पुन र दल बहादुर दर्लामी,स्थानीय टीका भण्डारी ,रामजी घिमिरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सस्थाकाे उपाध्यक्ष दुर्गा विष्टकाे स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रम सस्थाका व्यवस्थापन गाेपाल जिसीले सञ्चालन गर्नु भएको थियोे । तिनाउ गाउँपालिकाले दुध प्रशाेधन मेसिन खरिद,दुध प्याकेजिम मेसिन स्थापना,दुध राख्ने क्यान,कृतिम गर्भाधान, औषधि , पशु प्राविधिक उपलब्धता लगायतमा सहयाेग गरिसकेको जनाएकाे छ । कार्यक्रम डुम्रे दुग्ध सहकारी सस्थाका अध्यक्ष दुर्गा खाँड अध्यक्षतामा भएकाे हाे ।
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update