Erani Mahal
पाल्पाका ११ नारी श्रष्टाद्वारा संग्रहित आकुँरा गजल संग्रह विमाेचन
पाल्पा- पाल्पाली नारी श्रृष्टाद्वारा लिखित आकुँरा गजल संग्रहको शुक्रवार तानसेनमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ । नारी उन्नयन तथा विकास प्रतिष्ठान पाल्पाको आयोजनामा प्रकासित आँकुरा गजल संग्रहमा ११ जना नारी श्रष्टाहरुको गजल समाविष्ट गरिएको छ । आँकुराको विमोचन गर्दै साहित्यकार प्रमुख अतिथि डाक्टर शंकर गैरेले गजल सिद्धान्त, गजलका बाह्य संरचना र भित्रि संरचनाका बारेमा सिद्धान्तहरुको चर्चा गर्दै लेखकले कुनै पनि विधाका सिद्धान्त बारे आफूहरुलाई निखारदै जानुपर्नेमा जोड दिनुभयो । विशिष्ट अतिथि प्रगतीशिल साहित्य संगठनका अध्यक्ष रामप्रसाद अर्यालले नारीहरु एक ढिक्का भएर पुस्तक विमोचन गर्न सफल भएकोमा बधाई दिदैं निरन्तरताको कामना गर्नुभयो । कार्यक्रममा पोखराथोक साहित्य संगमका अध्यक्ष हरी भट्टराई, बगनासकाली साहित्य परिषद्का अध्यक्ष भोजराज भट्टराई, धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, पत्रकार प्रकाश खनाल, लयान्स क्लवकी सौन्दर्यवती शाक्य, पवित्रा खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । नारी उन्नयन विकास प्रतिष्ठनकी अध्यक्ष लक्षीमा ज्ञवालीले संस्थाको एकलाख ५२ हजार ३ सय बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै नारी उन्नयनका गतिविधिहरु माथि चर्चा गर्नुभयो । ११ जना नारी श्रष्टाका ५५ वटा गजल रचनाहरुको कृतिमा समावेश गरिएका छन् । महिला साहित्यकारहरु कृष्णकला भण्डारी, मन गहिरे, भावना खनाल, लक्षिमा ज्ञवाली, गुणवती केसी, सरिता रेग्मी, सकुन्तला घिमिरे, श्रृजना देवकोटा, चन्द्रकला न्यौपाने, जानका नेपाल, लक्ष्मी गौतम, समेतका ५।५ वटा गजल संग्रहमा राखिएका छन् । उक्त गजल संग्रहमा राष्ट्र र राष्ट्रियता प्रतिको चिन्ता, नारीका जीवन संघर्ष, पितृसत्तात्मक सोंच, अस्वस्थ प्रतिस्प्रर्धा, प्रेम जस्ता विषयमा गजल मुखारित पारिएको छ । आँकुरा गजल संग्रहको समिक्षा गर्दै साहित्यकार विजया पन्तले यस्ता गजलले समाजलाई सहि दिशा निर्देश गर्न मद्दत पुग्ने बताउनुभयो । कार्यक्रम उन्नयन विकास प्रतिष्ठानकी ज्योतिराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update