Erani Mahal
रैनादेवी छहरा गाउँपालिकाकाे लेखा र प्राविधिक शाखामा तालाबन्दी
pl
पाल्पा - जिल्लाकाे पश्चिम भेगमा रहेकाे रैनादेवी छहरा गाउँपालिकाकाे लेखा र प्राविधिक शाखामा उपभाेक्ताहरूले शुक्रबार दिउँशाे तालाबन्दी गरेका छन् । सडक निर्माण तथा अन्य पूर्वाधार निर्माणमा काम गरेकाे भन्दा कम मुल्यांकन गरेकाे भन्दै विभिन्न उपभाेक्ता समितिका पदाधिकारीहरूले दुइ वटा शाखामा तालाबन्दी गरेका हुन् । प्रतिनिधिसभा सांसद सोमप्रसाद पाण्डेय पहलमा आएका विभिन्न विकास योजना तथा सांसद पूर्वाधार विकास कोषबाट परेको बजेटलाई कम प्राथमिकता दिएको, याेजना सम्झाैता तथा मुल्यांकनमा राजनीतिकरण गरेकाे आराेप उपभाेक्ता समितिका पदाधिकारीहरूले लगाएका छन् । राजनीतिक पू्र्वाग्रह राखेर याेजनाकाे काम गर्नै समस्या भएकाे र राजनीतिक पूर्वाग्रह नत्यागेसम्म तालाबन्दी कायमै राखिने उपभाेक्ता शंकर घर्तीले बताउनुभयाे । उहाँले सर्वपक्षीय बैठक बसी आगामी दिनमा विभेदकारी चरित्र नगर्ने प्रतिवद्धता जनाएपछि मात्र तालाबन्दी खाेल्ने उनीहरूले बताएका छन् । असार मसान्तमा याेजना फर्छ्याैट गर्ने बेलामा लेखा र प्राविधिक शाखामा तालाबन्दी भएपछि गाउँपालिकाकाे काम ठप्प बनेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update