Erani Mahal
पाल्पामा काेराेना जित्नेहरू बढ्दै, ७० जना घरमा फर्किए
yt
पाल्पा – पाल्पामा कोरोना भाइरस सङ्क्रमणलाई जितेर घर फर्किने दिनहुँ बढेका छन् । कोरोना भाइरस लागेका मानिसहरू निको भएर घर फर्किने दिनहुँ बढेका हुन् । पाल्पामा हालसम्म ७० जना कोरोना जितेर घरमा फर्किसकेका छन् । कोरोना भाइरसबाट सङ्क्रमित भई जिल्लाको विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत ७० जना कोरोना जितेर घरमा फर्किएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । बिहीबार पूर्वखोलाका मात्र ११ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय पाल्पाका महामारी फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो । योसँगै घर फर्किनेको सङ्ख्या ७० पुगेको उहाँले बताउनुभयो । कोरोना निको हुनेहरूमा माथागढीका ३, रामपुरका २, पूर्वखोलाका १२, रैनादेवी छहराका १८, रम्भाका २५, बगनासकालीका १, रिब्दीकोटका ४, निस्दीका ३, र अन्य अस्पतालका २ जना उनीहरू सबैको दोस्रो पटकको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । पाल्पामा हालसम्म ५४७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ । पछिल्लो समय भारतलगायतका मुलुकबाट जिल्लामा आउने मानिसको सङ्ख्या घटेपछि कोरोना संक्रमण दर पनि घटेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update