Erani Mahal
तिनाउका दलित समुदायलाई आयआर्जन वृद्धि गर्न बाख्रा र मेसिन सहयोग
tina (3)
पाल्पा– तिनाउका दलित समुदायलाई आयआर्जन वृद्धि गर्न बाख्रा र मेसिन सहयोग गरिएको छ । दलित समन्वय समिति तिनाउले विपन्न दलितहरुको आय आर्जनका लागि बाख्रा ,सिलाई मेशिन र कल वितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले दलित सञ्जाल मार्फत राज्यवाट पछाडि पारिएका र परेका दलित समुदायका साथीहरूलाई मुख्य लक्षित गरी आय आर्जनका निम्ति सिलाई मेशिन, आरन र बाख्रा वितरण गरेको बताउनुभयो । उहाँले यसरी आयआर्जन विकासमा सहयोग गरेकोमा नेतृत्वलाई बधाई दिदै प्राप्त बस्तुको ठीक तरिकाले प्रयोग गरी आम्दानीको श्रोत वृद्दि गर्न आआफ्नो तर्फबाट भूमिका खेल्नु्पर्ने बताउनुभयो । गाउँपालिकाबाट विनियोजित ४ लाख बाट १ देखि ६ नं वडालाई १० वटा कल ,१० वटा आरन र ३२ वटा बाख्रा वितरण गरिएको कोषाध्यक्ष मन दर्जीले बताउनु भयो । मोहन वि क को अध्यक्षतामामा भएको कार्यक्रमको संचालन मान वहादुर बिकको सञ्चालनमा भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update