Erani Mahal
भुवनपोखरीको छचुवामा खानेपानी समस्या समाधान गर्न टंकी निर्माण
tanki (1)
पाल्पा– रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी छचुवामा खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको १० लाख लगानीमा खानेपानी आयोजनाको लागि अहिले टंकी निर्माण र पाइपलाइन विस्तार अन्तिम चरणमा पुगेको स्थानीय हरी कुमालले रानीमहललाई बताउनुभयो । गाउँमा रहेका १ सय २० घरधुरीलाई घरघरमा खानेपानीको धारा पुर्याउनको लागि स्थानीय मुलमा टंकी बनाएर खानेपानी विस्तारको काम सुरुवात गरिएको हो । नजिकै रहेको मुलबाट लिफ्टिङ्ग गरेर खानेपानीको समस्या समाधान गर्नका लागि प्रदेश सांसद तुलाराम घर्तीको पहलमा बजेट परेको थियो । यहाँ अधिकांश कुमाल समुदायको बाहुल्यता रहेको छ, खानेपानीको समस्या हुँदा घण्टौं समय खेर जाने गर्दथ्यो अहिले टंकी निर्माण भएर पानी वितरण भएमा त्यो समस्या समाधान हुने स्थानीयवासीहरु बताउँछन् ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update