Erani Mahal
रैनादेवी छहराकाे मुझुङ्गमा १ हजार ५ सय स्थानीय जातका कुखुरा वितरण
ku
पाल्पा- पाल्पाको रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ्गमा १ हजार ५ सय स्थानीय जातका कुखुराहरु वितरण गरिएको छ । भेटनरी अस्पताल तथा पशु ज्ञान केन्द्र पाल्पाको सहयोगमा मिलनसार कुखुरा पालन समूहलाई उक्त कुरा वितरण गरिएको हो । कार्यालयका प्रमुख चन्द्रबहादुर रानाका अनुसार ५ लाखको लगानीमा कुखुरा, खोर सुधार, निर्माण र नगद ५ हजार र औषधी समेत सहयोग गरेको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष हुमान सिंह कार्कीले कुखुरा पालनबाट गाउँमा आय आर्जन विकासमा कार्यालयले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । समूहका ३० घर परिवारलाई आर्थिक र सामाजिक विकासमा सहयोग गरिएको भेटनरी अस्पताल तथा पशु ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update