Erani Mahal
त्रिभुवन बहुमुखी क्याम्पसको प्रमुखमा टंक भट्टराई,  पाल्पाकाे शैक्षिक शाख जोगाउन शुभकामना
tanka sir
पाल्पा-पाल्पाकै शैक्षिक धरोहरको रुपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुखमा टंक प्रसाद भट्टराई नियुक्त हुनु भएको छ । पछिल्लो समयमा शैक्षिक गुणस्तर र विद्यार्थी संख्या समेत घट्दै गएको क्याम्पसको शाख बचाउने र क्याम्पसलाई सूचना प्रविधिमैत्री र २१ औं शताव्दी अनुकुल बनाउने जिम्मा भट्टराईले पाउनुभएको हो । यस अघिका क्याम्पस प्रमुख जीवन बहादुर थापाको पाँच वर्षे कार्यकाल सकिएपछि भट्टराई क्याम्पस प्रमुख बन्नुभएको हो । उहाँले बुधवार कार्यभार सम्हानुभएको छ । भट्टराई क्याम्पस प्रमुख भएसँगै उहाँलाई प्राध्यापक, शिक्षक, कर्मचारी, विभिन्न राजनीतिक पार्टीका प्रमुख, प्रतिनिधि आदिले प्रत्यक्ष तथा सामाजिक संजालमार्फत समेत बधाई दिएका छन् । यस अघिका क्याम्पस प्रमुखहरु कुनै एउटा पार्टीको प्रतिनिधिको जस्तै गरी काम गर्ने, क्याम्पसको विकास भन्दा पनि क्षणिक स्वार्थमा लाग्ने गरेको विद्यार्थी संगठनहरुले आरोप लगाउँदै आएका छन् । कुनै समयको शैक्षिक केन्द्र रहेको त्रिभुवन क्याम्पसको मुहार उकास्ने काम भट्टराईले गर्ने अपेक्षा आम पाल्पालीको रहेको छ । उहाँले अरुले गर्न नसकेका क्याम्पसका अधुरा पुर्न निर्माण, कर्मचारी छनौट, स्ववियू निर्वाचन, व्यवस्थापन लगाएतमा चुस्तता ल्याउने अपेक्षा छ । विभिन्न शैक्षिक, सामाजिक, राजनीतिक व्यक्तिहरुले सामाजिक संजालमार्फत शैक्षिक गुणस्तर अभिवृद्धि र शैक्षिक शाख बचाउन कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेका छन् । पदभार ग्रहण गर्दै नव नियुक्त क्याम्पस प्रमुख भट्टराइले सबैकाे सहयाेगमा क्यापसकाे विकासमा काम गर्नु नै आफ्नाे कार्यकालकाे याेजना रहेकाे बताउनुभयाे । उहाँले शैक्षिक र भाैतिक विकास र प्रशासनीक सुधारमा आफुले काम गर्ने बताउनुभयाे । यस्तै अर्का विद्यार्थी नेता तथा पूर्व स्ववियू सभापति हरीबाेल भट्टराइले शालिन र भद्र स्वभावका क्याम्पस प्रमुख भट्टराइले सबैकाे भावना समेटेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयाे । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको क्याम्पसमा राजनीतिक खिचातानी बढी हुने गर्दछ, जसले समग्र शैक्षिक विकासमा समेत प्रभाव पार्ने गरेको विद्यार्थी नेता पदम सोमैले बताउनुभयो । उहाँले सबैलाई समेटेर नयाँ क्याम्पस प्रमुखले लैजाने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update