Erani Mahal
तिनाउ खोलामा दुई पक्की पुल निर्माण : दोभान-बुटवल वाइपास रोड खुल्यो
tinahu pul
पाल्पा- पाल्पाको तिनाउ खोलामा दुईवटा पुल निर्माण सकिएको छ । तिनाउ नदीमा पुल नहुँदा वर्षातको समयमा स्थानीयलाई वारपार गर्न समस्या भएको थियो । दोभानको झुम्सा र कचलखोलामा पक्की पुल निर्माण भएपछि सिद्धबाबा सडकको वाइपास सडकको रुपमा दोभानदेखि नुवाकोट हुँदै बुटवल जान र आउन समेत सहजता भएको छ । दोभान प्रहरी चौकी नजिकै (पैठेडाँडा र भुतखोलाको बीच) बाट गाउँपालिका भवन तिर जाने खोलामा पक्की पुल बनेको छ । यस्तै कचल खोलामा पनि पक्की पुल निर्माण सकिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले रानीमहललाई बताउनुभयो । दुवै खोलामा पुल निर्माण भएपछि तिनाउँका दोभान, कचल क्षेत्रका स्थानीयलाई वर्षातमा खोलामा यातायातका साधन चलाउन समेत सहजता भएको घर्तीले बताउनुभयो । वर्षौदेखी पुल नहुँदा खोला वारी र पारी नै गाडी राखेर हिड्नुपर्ने अवस्था थियो, प्रमुख घर्तीले भन्नुभयो अब भने सहजता भएको छ । प्रमुख घर्तीका अनुसार अब यि दुईवटा पुलको निर्माणसँगै दोभान बुटवल वाइपास र रिव्दीकोट गाउँपालिकाको धुस्टुंग बतासेसम्म वर्षातको समयमा समेत यातायात चलाउन सहज भएको छ । वर्षातको समयमा तिनाउमा आएको बाढीका कारण खोलामा सवारी साधान चल्न सक्दैनथे, कचवे खोलाले बगाउने गर्दथ्यो, प्रवक्ता राजेश श्रेष्ठले रानीमहललाई भन्नुभयो, जसले दोभान र कचल क्षेत्रका हजारौं यात्रुहरुलाई सहजता समेत भएको छ । सडक डिभिजन कार्यालयको ७ करोड ६५ लाख ३० हजार ६३ रुपैैंयाको लगानीमा पक्की आरसिसी मोटरेवल पुल निर्माण भएको हो । २०७३ साल असारमा सम्झौंता भएको पुलको निर्माण भने यस वर्ष सकिएको हो । पुल गजेन्द्र जेएन, इश्वर, श्री सिद्धबाबा जेभी निर्माण व्यवसायीले ठेक्का मार्फत बनाएको हो । नुवाकोट हुँदै बेलवास, झ्याग्ला, हरियालीगाउँ, बगाह, कचल, ओखलढुंगाख हुँदै धुस्टुग बतासेसम्म जानको लागि वाइपास रोड बनेको हो । झुम्सा खोलाको पुलमा अहिले सवारी साधनहरु गुडेका छन् भने कचल खोलामा पनि २।४ दिनमै सवारीका साधनहरु गुडेने गरी काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update