Erani Mahal
बाहिर हिडडुल गर्दा अनिवार्य रूपमा मास्क लगाउन पाल्पा प्रशासनकाे आग्रह
940x380-8888888
पाल्पा – जिल्ला प्रशासन कार्यालय पाल्पाले काेराेना भाइरसबाट बच्न आवश्यक सुरक्षा व्यवस्था अपनाएर मात्र बाहिर निस्कन अनुराेध गरेकाे छ । काेराेना भाइरसकाे जाेखिम बढेकाे बेलामा मानिसले आवश्यक सुरक्षा नअपनाइ बाहिर निस्कने, भीडभाग गर्ने जस्ता गतिबिधि बढेकाे पाल्पा प्रशासनकाे ठहर छ । प्रशासनले मंगलबार सूचना जारी गर्दै काेराेना भाइरसबाट बच्न बाहिर निस्कदा अनिवार्य रूपमा मास्क लगाउन र भाैतिक दुरी कायम गर्न निर्देशन गरेकाे छ । यदि बाहिर नस्कदा, हिडडुल गर्दा कसैले अटेर गरी मास्क नलगाएर र भीडभाड गरेर पक्राउ गरी संक्रमण राेग ऐन-२०२० अनुसार कारबाही प्रकृया अगाडि बढाउने पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताउनुभयाे ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update