पाल्पा – कोरोना जितेर घर फर्किएका पाल्पा रम्भा गाउँपालिकाका एक युवाले आत्महत्या गरेका छन् । कोरोना जितेर साेमबार घर फर्किएकै दिन रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले बेलुकी आत्महत्या गरेकाे प्रहरीले जनाएकाे छ ।
एक महिना अगाडि भारतको मुम्बईबाट घर फर्किएर ती युवा घर नजिकैको जनहित भगवती माविको क्वारेन्टाइनमा बसेका बेला पीसीआर परीक्षाण गर्दा कोरोना सङ्क्रमणकाे पुष्टि भएको थियो ।
[caption id="attachment_11428" align="alignnone" width="1176"] प्रतिकात्मक तस्विर ।[/caption]
कोरोना सङ्क्रमणपछि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा
१५ दिन राखिएको थियो । कोरोना निको भएर घर फर्किएकै दिन उनले घरकै दलानमा झुण्डिएर आत्महत्या गरेकाे स्थानीय बासिन्दाले बताएका छन् ।
मृतकका बुवा तराईमा बस्दै आउनुभएको छ । आमा बेपत्ता भएको वर्षौं भैसकेको छ ।
उनले के कारणले आत्महत्या गरेकाे हाे भन्नेबारे खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७ १२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय