Erani Mahal
स्वास्थ्य स्वयंसेविकालाई सु-आहाराद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
kk
पाल्पा - जिल्लामा बेस नेपालले संचालन गर्दै आएको सुआहारा कार्यक्रम अन्तर्गत जिल्लाका महिला स्वास्थ्य स्वयंसेविकालाई भिटामिन ए कार्यक्रमलाई लक्ष्यित गर्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नेपाल सरकारले आउदो असार २२ र २३ गते ६ महिना देखि ५९ महिनाका बालबालिकालाई "राष्ट्रिय भिटामिन ए" कार्यक्रम गरेर भिटामिन ए खुवाउदैछ। कार्यक्रम सफल पार्न जिल्लाभर खट्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागी सु आहारा दोस्रो चरणको जिल्लामा संचालित कार्यक्रमले सुरक्षाका उपायलाई ध्यान दिदै सेनिटाइजर र मास्क वितरण गरेको कार्यक्रमका फिल्ड संयोजक दिनेश घिमिरेले बताउनुभयो । विश्वव्यापी महामारी रुपमा फैलिरहेको कोरोना भाईरस ( कोभिड १९ ) को यस माहामारीको अवस्थामा यसको रोकथाम एंव नियन्त्रणमा सहयोग पुरयाउने उद्देश्यले सुआहारा दोस्रो कार्यक्रम अन्तरगत पाल्पामा जिल्लामा सेवा रहनु भएका महिला स्वास्थ्य स्वयम सेविकाहरुका लागी २ हजार ५ सय ४८ थान मास्क र ६ सय ३७ थान सेनिटाईजर वितरण गरेको फिल्ड संयोजक घिमिरेले जानकारी दिनुभयो। "भिटामिन ए कार्यक्रम रोक्न पनि नसकिने र कोरोनाको जोखिममा सुरक्षित भएर लाखौ बालबालिकालाई भिटामिन ए खुवाउन उत्तिकै आबश्यक रहेकाले सुआहाराले यसलाई महत्त्व दिएको हो"- घिमिरेले भन्नुभयो । यस्तो कोरोना भाईरस ( कोभिड १९) को अवस्थामा सबै सघंसस्था र सरोकारबालाहरुले आफनो आफनो स्थानबाट सहयोग गरेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सफल बनाउन लाग्ने हो भने आउन सक्ने जोखिमबाट बच्न र बचाउन सकिने उहाले बताउनुभयो। यु.एस्.ए.आईं.डि.को आर्थिक सहयोग तथा हेलेनकेलर इन्टरनेशनलको प्रमुख व्यवस्थापनमा पाल्पा सहित मुलुकका ४२ वटा जिल्लाहरुमा सुआहारा(दोश्रो) कार्यक्रम चलिरहेको छ । भिटामिन ए खुवाउने कार्यक्रममा महिलाहरुले बच्चा र उनका अभिभावकलाई नजिक राखेर बच्चाको मुख/गाला छोएर खुवाउनुपर्दा बच्चा र स्वयंसेविकालाई कोरोना संक्रमणको जोखिम हुने हुदा अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्नको लागि यो सामाग्री बितरण गरेको हो । सुआहाराले खासगरी हजार दिनका आमाहरुको पोषण तथा स्वास्थ्यको क्षेत्रमा नेपाल सरकारको एकीकृत पोषण तथा खाद्य सुरक्षा रणनीति (२०१८–२०२२) अनुसार संघ, प्रदेश तथा स्थानीय तहहरुसंग मिलेर काम गर्दै आइरहेको छ। यस कार्यक्रम अन्तर्गत चलाइने सचेतना, परामर्श तथा स्थलगत अबस्था पहिचान र पोषण बनाउने ज्ञान सिपका कारण जिल्लामा आमा र बच्चाको स्वास्थ्य अबस्थामा सुधार, नियमित स्वास्थ्य जाँच, पोषिलो खानेकुरामा जोड र कुनै समस्या आइपरे खुलेर कुरा राख्न सक्ने बनाएको छ भने हजार दिनको महिलाको अबस्थामा परिवारबाट थप हेरचाह र खानपानमा ध्यान दिदै आएको पाइएको छ ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update