Erani Mahal
तिनाउका विपन्न दलितलाई बाख्रा, सिलाइ मेसिन र आरन वितरण
5
पाल्पा - तिनाउ गाउँपालिकाका विपन्न दलित समुदायकाे आयआर्जनका लागि बाख्रा र सिलाइ मेसिन वितरण गरेकाे छ । तिनाउ गाउँपालिकाकाे दलित समन्वय समितिकाे आयाेजनामा दलित समुदायका विपन्न परिवारलाइ पशुपालन गरेर आयआर्जन गर्न ३२ वटा बाख्रा वितरण गरिएकाे हाे । यस्तै वडा नं. १ देखि ६ वडासम्मका विपन्न परिवारलाइ १० वटा सिलाइ मेसिन कल, १० वटा आरन प्रदान गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठले विपन्न परिवारलाइ बाख्रा, कल र आरन प्रदान गर्नुभयाे । उहाँले गाउँपालिकाले प्रदान गरेकाे मेसिनकाे उपयाेग गरेर आम्दानी बढाउँदै व्यावसायिक बन्न आग्रह गर्नुभयाे । उहाँले विपन्न समुदायकाे चाहना र माग अनुसार गाउँपालिकाले काम गरिरहेकाे उल्लेख गर्नुभयाे । उहाँले समाजमा रहेकाे विभेद् विपन्नता हटेपछि हट्ने बताउनुभयाे । लक्षित समुदायलाइ बाख्रा, मेसिन वितरण कार्यक्रम माेहन विककाे अध्यक्षता, छमानबहादुर विककाे सञ्चालनमा सम्पन्न भएकाे थियाे । तिनाउ गाउँपालिकाबाट विनियोजित ४ लाखबाट आयआर्जनका लागि बाख्रा, आरन र सिलाइ मेसिन वितरण गरिएकाे हाे ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update