Erani Mahal
पाल्पामा काेराेना जितेर घर जानेकाे संख्या ४७ पुग्याे (कहाँ कति फर्के घर ?)
yt
पाल्पा - पाल्पामा एक सातादेखि काेराेना संक्रमित हुनेकाे संख्या कम हुँदै गएकाे छ भने काेराेना जितेर घर जानेकाे संख्या बढ्दै गएकाे छ । पाल्पा जिल्लामा एक साताकाे अबिधमा १६ जना नयाँ संक्रमित थपिएका छन् भने काेराेना जितेर घर जानेकाे संख्या १८ बाट ४७ जना पुगेकाे छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार हालसम्म पाल्पामा ५४० जना संक्रमित भएका छन् भने ४७ जना काेराेना जितेर घरमा फर्किएका छन् । कार्यालयका अनुसार साेमबार रैनादेवी छहराका २९ र रम्भा गाउँपालिकाका १७ जना काेराेना जितेर घर फर्किएका छन् । तानसेन नगरपालिकाकाे शुन्य जना, तिनाउ गाउँपालिकाका शुन्य जना, बगनासकाली गाउँपालिकाका शुन्य जना रम्भा गाउँपालिकामा २५ जना, रैनादेवी छहरा गाउँपालिकाका १४ जना, माथागढी गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका १ जना, रामपुर नगरपालिकाका २ जना, निस्दी गाउँपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका १ जना र गुल्मीको रुरु गाउँपालिकाका १ जना रहेका छन् । उनीहरू सबैकाे दाेस्राे पीसीआर रिपाेर्ट नेगेटिभ आएपछि घर पठाइएकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयाे ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update