Erani Mahal
माथागढीमा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमबाट अपाङ्गलाइ सामग्री सहयाेग
1594002075-CR9CD
बिकाश काफ्ले, पाल्पा- माथागढी गाँउपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत अपाङ्ग सहयोगी सामाग्री वितरण गरेको छ । माथागढी गाँउपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत आफ्नो आठ ओटै वडामा रहेका ४८ जना अपाङ्गहरुका लागि सहयोगी सामाग्री वितरण गरेको हाे । माथागढी गाँउपालिका भित्रका अपाङ्ग भएका व्यक्तिहरुको आवागमन र दैनिकचर्यामा सहजता होस भन्ने उद्देश्यले सहयोगी सामाग्री वितरण गरेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताउनुभयाे। मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत अपाङ्ग सहयोगी सामाग्री वितरण गर्दै गाँउपालिका उपाध्यक्ष निर्मला भट्टराईले फरक क्षमता भएका व्यक्तिहरूलाई अवश्यता अनुसार सामाग्री सहयोग गरेको र सामाग्रीको सहिसदुपयोग गर्न आग्रह गर्नुभयाे । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत अपाङ्ग सहयोगी सामाग्री वितरण कार्यक्रममा सुशिला रानाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा माथागढी गाँउपालिकाका अधिकृत नारायण प्रसाद न्यौपान्य,समाज सेवि तुला बं. सारू र गाँउपालिकाको सामाजिक शाखा प्रमुख पुनम चिदिको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update