Erani Mahal
रामपुर युवाक्लबद्वारा क्वारेन्टिनमा रहेकालाई स्वास्थ्य सामग्री प्रदान
sahayog rampur clube 2
पाल्पा– जिल्लाको रामपुर युवा क्लबले रामपुर क्षेत्रमा क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । क्लवका वलका अध्यक्ष छमबहादुर दरैको नेतृत्वमा उपाध्यक्ष नविन श्रेष्ठ, सचिव सुन्दर कंडेल सहितको टोलीले शनिवार नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा पुगेर सामग्री हस्तान्तरण गरेका हुन् । रामपुरको रामतुलसी मावि, गंगा मावि एक्लेटार, दरैठाँटी मावि, जनविकास माविको क्वारेन्टाइन, रामपुर ८ को क्वारेन्टाइन कक्ष तथा शहिद बहुमुखी क्याम्पसको आइसोलेशन कक्षमा बसोबास गरेका नागरिकलाई मन्जन, ब्रस, साबुन लगायतका सामग्री हस्तान्तरण गरिएको अध्यक्ष छमबहादुर दरैले बताउनुभयो । ट्राभलन डेन्टेसिटीको सहयोग र नगरपालिकाको समन्वयमा सामग्री वितरण गरिएको हो ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update