Erani Mahal
बगनासकाली गाउँपालिका द्वारा ५० प्रतिशत अनुदानमा कृषि औजार तथा मेसिन प्रदान
bagna s (1)
पाल्पा– बगनासकाली गाउँपालिका द्वारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा किसानहरुलाई कृषि औजार तथा मेसिन प्रदान गरेको छ । गाउँपालिकाका विभिन्न स्थानका किसानलाई हाते ट्याक्टर, बेसार पिस्ने मेसिन प्रदान गर्नुको साथै संचालनको लागि तालिम समेत दिइएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले रानीमललाई बताउनुभयो । बस्यालका अनुसार गाउँपालिकाले किसानलाई आत्मनिर्भरसँगै व्यवसायिक क्रियाकलापमा सहयोग पुर्याउन प्रविधि, उपकरणसँगै तालिम समेत दिइएको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले मेसिन लगेर सहि रुपमा सदुपयोग गरी आर्थिक उपार्जनमा वृद्धि गर्न सुझाव दिनुभयो । यस्तै प्रवक्ता लक्ष्मी अधिकारीले सीप र प्रविधिको सहि प्रयोग गरेमा आत्मनिर्भरताको लागि सहज हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले गाउँपालिकाले सबै क्षेत्रका किसानलाई समेटेर माग र आवश्यकताको आधारमा मेसिन प्रदान गर्नुको साथै मेसिन संचालन र मर्मत, व्यवस्थापनको तालिम समेत दिइएको रानीमहललाई बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update