Erani Mahal
बगनासकाली सहकारीद्वारा किसानलाई निशुल्क पशु आहारा प्रदान
b
पाल्पा– जिल्लाको बगनासकाली गाउँपालिकामा सञ्चालित बगनासकाली बहुउद्देश्यीय सहकारी सस्था लि.ले व्यवसायिक किसानहरुका लागि निःशुल्क पशु आहार (दाना) दिएको छ । सहकारीले किसानहरुलाई पशु व्यवसायीमा लाग्न थप प्रोत्साहनका लागि निःशुल्क पशु आहार दिएको सहकारीका अध्यक्ष कृष्ण प्रसाद भुषाले बताउनुभयो । उहाँका अनुसार सहकारीले एक कार्यक्रमका बिच सहकारीमा आवद्ध ५० जना सदस्यहरुलाई दाना वितरण गरेको हो । दाना वितरण गर्दै ८ का वडा अध्यक्ष गणेशप्रसाद बस्यालले सहकारी मार्फत भएका काम निकै महत्वपूर्ण रहेको बताउनुभययो । उहाँले वडालाई कृषि र पशुपालनमा आत्मनिर्भर गराउने गरी अगाडि बढेकाले सहकारीसँग सहकार्य गर्दै जाने बताउनुभयो । सहकारीले यो वर्ष ५० वटा भकारो सुधार मार्फत व्यावसायिक पशुपालनका लागि घासको व्यवस्थापन गर्दै आएको सहकारीका सचिव कमलराज तिमिल्सेनाले बताउनुभयो । सहकारीमा अहिले १२ सय बढी सेयर सदस्य रहेको छन् । सहकारीले किसानलाई पाएक पर्ने स्थानमा दाना उपलब्ध गराएको थियो ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update