Erani Mahal
रामपुर क्वारेन्टिनमा रहेकालाई युथयुनियन क्लव द्वारा स्वास्थ्य सामग्री प्रदान
u 2
पाल्पा– जिल्लाको रामपुरका विभिन्न विद्यालयहरुमा क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई युथ युनियन क्लव रामपुरले स्वास्थ्य सामग्री प्रदान गरेको छ । भारत लगायत तेस्रो मुलुकबाट फर्किएर क्वारेन्टाइन र आइसोलेशनमा रहेकाहरुको लागि युथ युनियन मटेरी रामपुरले स्वास्थ्य सामग्री प्रदान गरेको हो । क्लवले ट्राभल डेन्टिष्ट्री नेपालको सहयोगमा ह्याण्ड वास, माक्स, स्यानिटाईजर, ब्रस, टुथपेस्ट लगाएतका सामग्रीहरु दिएको हो । रामपुर ५ मटेरीमा एक कार्यक्रम गरी क्लवका अध्यक्ष अमिर रानाले रामपुर नगरपालिका ५ का वडा अध्यक्ष एवं क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक हिमाल मल्ल, ४ का वडा अध्यक्ष एक बहादुर नेपालीलाई सामग्री हस्तान्तरण गरेको हो । नगरपालिकाको विभिन्न क्वारेन्टाइन र आइसोलेशनमा रहेका २ सय २० जनाको लागि वडा नं. ४ र ५ का वडा सदस्यहरुको रहोवरमा सामग्री प्रदान गरेको थियो । सामग्री ग्रहण गर्दै रामपुर नगरपालिका ५ का वडा अध्यक्ष मल्लले क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक रहेको अवस्थामा क्लवले गरेको सहयोग प्रति धन्यवाद दिनुभयो । वडा नं. ४ का वडा अध्यक्ष एक बहादुर नेपालीले युवाहरुलाई सामाजिक रुपान्तरण तर्फ लैजान क्लवले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले भने, ‘विगतमा विद्यार्थीहरुको लागि स्टेशनरी, न्यानो कपडा वितरण संगै लकडाउनको समयमा पनि क्लवले स्वयमसेवकको रुपमा महत्वपूर्ण भूमिका खेलेको छ ।’ क्वलले चालेका कदमहरुमा आगामी दिनमा वडा तथा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । क्लवका सदस्य केशव श्रेष्ठले क्लवले अहिले सम्म सञ्चालन गरेका गतिविधिको बारेमा जानकारी दिनुभएको थियो । क्लवका अध्यक्ष अमिर रानाले क्लवका पदाधिकारीहरु क्वारेन्टाइनसम्म नै पुगेर सामग्री पु¥याउने प्रयास गरे पनि वर्षादका कारण समस्या भएको बताउनुभयो । मटेरी ठूलोटारमा भएको कार्यक्रम क्लवका अध्यक्ष अमिर रानाको अध्यक्षता, कोषध्यक्ष कमल रानाको स्वागत र सचिव दिपेन्द्र भट्टराईको सञ्चालनमा भएको थियो ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update