Erani Mahal
तानसेन नगरपालिका परिसरबाट नेपालबैंकको सेवा सुरु
nbl
पाल्पा– तानसेन नगरपालिका परिसरबाट नेपाल बैंक लिमिटेडले आफ्नो सेवाको शुभारम्भ गरेको छ । बैंकको तानसेन नगरपालिका परिसरको एक्टेनसन काउन्टरको नगरप्रमुख अशोककुमार शाहीले उद्घाटन गर्नुभएको थियो । नगरपालिकाको युवा स्वारोजगार कार्यक्रमलाई लक्षित गरी विना धिलो सहुलियतमा कर्जा उपलब्ध गराउन बैंकले एक्टेनसन काउन्टर सञ्चालनमा ल्याएको हो । प्रमुख शाहीले सरकारी बैंक भएर पनि ग्राहकहरुको मन जित्न सफल भएको भन्दै नगरपालिका परिसरबाट सेवा दिन थालेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले बैंकहरुले कृषि, महिला उद्यमशीलता, दलित समुदाय लगायतको क्षेत्रमा रोजगार वृद्धि गर्ने तथा उत्पादनमुलक क्षेत्रमा लगानी अगाडि बढाउनुपर्ने बताउनुभयो । उपप्रमुख लक्ष्मी पाठकले बैंकले नगरपालिकाको सहकार्यमा विनाधितो कर्जा उपलब्ध गराएर युवाहरुलाई स्वरोजगार बनाउनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । बैंकका प्रदेश पाँच प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जी शेर्पाले बैंकले वित्तीय पहँुचका निम्ति नाफा मात्र नहेरी देशको कुना कन्दरासम्म पुग्दै गएको र पछिल्ला दिनहरुमा बैंकले ग्राहक सेवामा विशेष ध्यान दिंदै आएको बताउनुभयो । पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरेले काउन्टरबाट कर्जाबहेक राजस्व, निक्षेप जम्मा, चेक भुक्तानी, ईसिसि, अईपियस लगायत सबैखाले सेवा प्रदान गरिने बताउनुभयो । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासे, वडाअध्यक्ष सागरमान महर्जन, नगरपालिका सरसफाई बिभागका प्रमुख शंकर भण्डारी लगायतले नगरपालिका भित्र आउने ग्राहकलाई सहज र सरल रुपमा सेवा प्रदान गर्न बैंकलाई आग्रह गर्नुभयो ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update