Erani Mahal
पाल्पा जेसिजद्वारा सिविआर भवन परिसरमा वृक्षारोण
jesiejs (2)
पाल्पा– पाल्पा जेसिजको आयोजनामा तानसेनको मेहालधारा सिविआर कार्यक्रममको कार्यालय भवन परिसरमा वृक्षारोपण गरिएको छ । शनिबार हरेक वर्ष जस्तै यस वर्ष पनि संस्थाले फलफूल लगाएतका विभिन्न प्रजातिका विरुवाहरु लगाएको महासचिव अर्जुन कार्कीले बताउनुभयो । २०५२ सालमा जेसिजका युवाहरुको सक्रियतामा स्थापना गरेको संस्था सिविआर परिसरमा हरियाली बनाई स्वच्छ वातावरण निर्माण गर्नका लागि वृक्षारोपण गरेको बताउनुभयो । जेसिजका पदाधिकारी, सदस्य, बोर्डका सल्लाहकारहरुको उपस्थितीमा विभिन्न ८ प्रजातिका फलफूलहरु रोपण गरिएको संस्थाका महासचिव अर्जुन कार्कीले बताउनुभयो । आँप, लिची, कफी, सुन्तला, कागती लगायतका ७० वटा विरुवा रोपेको संस्थाका अध्यक्ष मदनगाहाले बताउनुभयो । आफुहरुले विरुवा रोप्ने मात्र नभई त्यसको संरक्षण गर्ने दायित्व पनि रहेको अध्यक्ष मदन गाहाले बताउनुभयो । पाल्पा सिविआरमा अपाङ्ग, सुस्त मनस्थिती, एकल महिला, हिंसा पीडित महिला बालबालिकाहरुको सहयोग तथा हेरचाह गर्दै आइरहेको छ । वृक्षारोपण कार्यक्रममा जेसिजका कार्यक्रम संयोजक तथा कार्यकारी उपाध्यक्ष राजिव श्रेष्ठ, पूर्व अध्यक्ष तथा सल्लाहकार राजिव शाहा लगाएतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update