Erani Mahal
रामपुरको गाँडाकोट जिल्लामै पहिलो पोषणमैत्री स्वास्थ्य स‌ंस्था घाेषणा
ad
पाल्पा-पोषण सम्बन्धी विभिन्न सुचक पूरा गरेपछी पाल्पा रामपुर नगरपालिकाको गाडाकोट स्वास्थ्य चौकीलाई जिल्ला मा नै पहिलो पोषणमैत्री स्वास्थ्य सस्था घोषणा गरिएको छ । नेपाल सरकारले विभिन्न राष्ट्रिय र अन्तरास्ट्रिय मापदण्डबाट तयार पारेको सुचकहरु पूरा गरेर स्वास्थ्यचौकीको सेवा क्षेत्रमा पोषणको अबस्थामा उपलब्धी मिलेपछी गाडाकोट स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य सस्था घोषणा गरिएको गाडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले बताउनुभयो । युएसएआइडीको आर्थिक सहयोगमा पाल्पा जिल्लामा बेस नेपालले संचालन गर्दै आएको सुआहारा कार्यक्रमको समन्वयमा साबिकको गाडाकोट स्वास्थ्यचौकीलाई सो क्षेत्रका नागरिक,मुख्य गरेर आमा र बच्चाको पोषणको अबस्थामा ल्याएको सुधार र यसको निरन्तरतालाई टिकाइराख्ने गरि पोषणमैत्री स्वास्थ्य सस्था घोषणा गरिएको हो । साबिक गाडाकोट गाबिस हाल रामपुर नगरपालिका १ र २ का नागरिकलाई सेवा दिदै आएको गाडाकोट स्वास्थ्य चौकीले विभिन्न १५ सुचकमा तथा पोषण अभियानलाई चुस्तदुरुस्त पार्दै अद्यावधिक गरेकोमा घोषणा गरेको हो । यश स्वास्थ्य चौकीबाट सेवा लिएका नागरिकले ९१ प्रतिशत बच्चाको वृद्धि अनुगमन गरेका छन् । स्वास्थ्य चौकीमा नियमित २ सय ११ जना बच्चाको वृद्धि अनुगमन गरेको, १ सय८० आइरन चक्की खाएका ४९ महिला, सुत्केरी पछि आइरन र भिटामिन ए खाएका ५३ महिला, स्वास्थ्य सस्थामा सुत्केरी हुने ९१ प्रतिशत, पोषण रजिष्टरमा पोषण सम्बन्धी सबै सुचना रेकर्ड राखिएको, पुर्ण स्तनपान गराउने महिला ९५ प्रतिशत बढी रहेको, पोषण सम्बन्धी औषधि र सामाग्री पुर्ण रहेको, राष्ट्रिय भिटामिन कार्यक्रममा भिटामिन खाएका ३ सय ९१ र जुकाको औषधि खाएका ३ सय ४५ जना, क्षेत्रमा कुपोषिट्त बालबालिका नरहेको,६ महिनापछी दूध सहित अन्य पौष्टिकको मापदण्ड अनुसार आहार खुवाएको सुनिस्चित भएको, विद्यालय स्वास्थ्य पोषण अन्तर्गत शत प्रतिशतले जुकाको औषधि खाएको, स्वास्थ्य सस्थामा पोषण कर्नर र आम र शिशुलाई नियमित परामर्श गरिएको साथै तथ्यांक चुस्त दुरुस्त राखिएको जस्ता सुचक पास गरेको छ । वडा नम्बर १ का वडा अध्यक्ष मित्रलाल कडेलले गाडाकोटमा पोषण सहित नियमित स्वास्थ्य सस्थामा आउनेहरु बढेकोले स्वास्थ्य सस्था प्रति नागरिकको चासो बढेको बताउनुभयो । गाडाकोट २ का वडा अध्यक्ष तारा बहादुर थापाले आमा र बच्चाको स्वास्थ्यका लागि निकै प्रगती हुँदै जादा आमा र घरपरिवारले पनि उनीहरुको स्वास्थ्यमा ख्याल गर्दै पोषिलो आहार बनाइदिने खुवाउने र खुवाउनुपर्छ भन्ने सन्देशले पनि अहिलेका बालबालिकाको स्वास्थ्य राम्रो भएको उल्लेख गर्नुभयो ।रामपुर नगरपालिका स्वस्थ्य शाखा प्रमुख तिर्थ प्रसाद पङ्गेनीले नगरमा पोषणको अबस्था, पोषणको महत्व र पोषणको आबस्थ्यकताबारे स्पष्ट पार्नुभएको थियो । बेस नेपालका सुआहारा कार्यक्रम फिल्ड सुपरभाइजर सन्जु परियारले बालविवाहले पोषण अबस्थामा पार्ने असर र यसको न्यूनीकरणमा र जन्मान्तर र गर्भान्तरमा ध्यान पुर्याउनुपर्ने बिषयमा जानकारी दिनुभएको थियो। यसैबिच गाडाकोट स्वास्थ्य चौकीले उत्कृष्ट वृद्धि अनुगमन गरेका १२ बच्चाका आमा तथा परिवारलाई सम्मान गरेको छ । रामपुर १ का श्यामकला बिक,गममाया राना,मन्जु अधिकारी र कमला अर्याल रामपुर २ का बिमला थापा, मन्जु सारु, शर्मिला थापा, दानमाया थापा, देवी सारु, नेत्र कुमारी थापा, रिता थापा र सबिना बिक र उहाका बच्चालाई पुरस्कृत गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update