Erani Mahal
रोटरी क्लव अफ् पाल्पा तानसेनको अध्यक्षमा शिव प्रसाद देवकोटा
106303609_276844290189324_1880416979759247298_n
पाल्पा– रोटरी क्लव अफ् पाल्पा तानसेनको अध्यक्षमा शिव प्रसाद देवकोटा चयन हुनुभएको छ । संस्थाको २० औं स्थापना दिवश तथा अधिवेशनबाट १६ सदस्यीय कार्यसमितिको चयन गरेको हो । संस्थाको राेटरी वर्ष २०२०।२१ का लागि निर्वतमान अध्यक्षमा मधुदयाल सैंजु, निर्वाचित अध्यक्षमा शैलेन्द्र भट्टराई, सचिव हरी बहादुर रायमाझी, कोषाध्यक्ष यादव सिंह कार्की रहनुभएको छ । यस्तै चेयर क्लव एडमिनेष्टि डाइरेक्टरमा भिमबहादुर श्रेष्ठ, क्लव मेम्मवरसिप डाइरेक्टरमा मुक्तीराम जिसी, पव्लिक रिलेशन डाइरेक्टरमा लालकुमारी राना, कल्व सर्भिस प्रोजेक्ट डाइरेक्टरमा शशि श्रेष्ठ, रोटरी फाउण्डेशनको डाइरेक्टरमा पुण्य सुवेदी, सह सचिवमा विनायक महर्जन, सह कोषाध्यक्षमा बसन्तलाल बज्राचार्य रहनु भएको छ । क्लवको सर्जेन्ट एट आम प्रथममा गणेश बस्याल, दोस्रोमा निराजन विक्रम कार्की, सम्पादक प्रथममा अमृत अधिकारी र सेकेन्डमा मदनराज गैरे रहनुभएको छ । निर्वाचित अध्यक्षलाई संस्थापक अध्यक्ष छत्रराज शाक्य र पूर्व अध्यक्ष बुद्धिप्रसाद शर्माले पद तथा गोपनियताको सफथ ग्रहण गराउनुभएको थियो । विभिन्न सामाजिक, विकास निर्माण र सहयोगमा समर्पित रोटरीले पाल्पा जिल्लामा समेत विभिन्न कामहरु गर्दै आइरहेको संस्थाका सम्पादक अमृत अधिकारीले बताउनुभयो । रोटरीले पाल्पामा खानेपानी, स्वास्थ्य, शौचालय, विद्यालय सहयोग, वन वातावरण संरक्षण लगाएतका क्षेत्रमा काम गर्दै आइरहेको र आगामि दिनमा समेत सबैको सहयोगमा यस्तै रचनात्मक कामहरु गर्ने क्लवका निर्वाचित अध्यक्ष शिव प्रसाद देवकोटाले बताउनुभयो । उहाँले आगामि बजेट तथा कार्यक्रम समेत संस्थामा प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update