Erani Mahal
कोरोनामा म्युटेसन पुष्टिः नयाँ ‘भर्सन’ को भाइरस अझै बढी संक्रामक
Corona
काठमाडौं -युरोपबाट अमेरिकामा कोरोनाभाइरसको नयाँ स्वरुपको कोरोनाभाइरस फैलिएको बलियो प्रमाण भेटिएको एक अध्ययनले देखाएको छ । भाइरसमा भएको ‘म्युटेसन’ ले भाइरस मानिसमा चाँडो सर्ने बनाएको छ तर यसले मानिसलाई थप गम्भीर बिरामी भने नबनाउने शोधकर्ताहरुको एक अन्तर्राष्ट्रिय टोलीले बिहीबार जानकारी दिएको हो । अध्ययनमा संलग्न ला जोलिया इन्सटिट्युट फर इम्युनोलोजी एन्ड कोरोनाभाइरस इम्युनोथेरापी कन्सोर्टियमकी एरिका ओलमान सफायरले भाइरस अझ बढी संक्रामक भएको जानकारी दिइन् । सेल नामक जर्नलमा प्रकाशित उनीहरुको अध्ययनमा साझा गरिएको भाइरसको जेनेटिक सिक्वेन्सको जानकारीले यतिबेला भाइरसको ‘म्युटेसन’ भएको स्वरुप फैलिरहेको पत्ता लागेको बताइएको छ । अध्ययनकर्ताको टोलीले जेनेटिक सिक्वेन्सको मात्र अध्ययन गरेका छैनन् उनीहरुले मानिस, जनावर र कोषमा पनि प्रयोग गरेका छन् । जसले भाइरसको म्युटेसन भएको स्वरुप यतिबेला तीव्र गतिमा फैलिरहेको देखाएको छ । ‘भाइरसको स्वरुप पक्कै पनि पहिलेभन्दा शक्तिशाली छ तर पहिलेभन्दा खतरनाक भने देखिएको छैन,’ सफायरले भनिन् । [caption id="attachment_11326" align="alignnone" width="525"] समाचार प्रतिनिधि तस्विर गुगल[/caption] म्युटेसनले भाइरसको स्पाइक प्रोटिनमा असर गरेको छ जसको मद्दतले भाइरस कुनै कोषमा प्रवेश गर्ने गर्छ । अब अध्ययनकर्ताहरुले यो परिवर्तनले खोप निर्माणमा कुनै असर त गर्दैन भनेर अध्ययन सुरु गरेका छन् । हाल परीक्षणमा रहेका धेरै खोपले त्यही स्पाइक प्रोटिनलाई लक्षित गरेको छ । तर, ती सबै भाइरसको पुरानो स्वरुपमा आधारित छन् । भाइरसमा आएको परिवर्तनले खोप निर्माणमा असर त गर्दैन भन्ने अध्ययनकर्ताको चिन्ता रहेको छ ।अध्ययनकर्ताहरुले भाइरसको नयाँ स्वरुपलाई जी६१४ नाम दिएका छन् । यसअघि युरोप र अमेरिकामा डी६१४ स्वरुपको भाइरस धेरै पाइन्थ्यो । डी६१४ को तुलनामा जी६१४ तीव्रगतिमा फैलिरहेको लस एल्मोस नेसनल ल्याबोरेटरीका बायोलोजिस्ट बेट कोर्बर बताउँछन् । भाइरसको नयाँ स्वरुष हाम्रो माथिल्लो श्वास नली (नाक, साइनस र घाँटी)मा तीव्र गतिमा बढ्ने पाइएको छ । यही कारणले यो धेरै संक्रामक बनेको हो । यो भाइरसको पुरानो स्वरुपमा भन्दा ३ देखि ९ गुणा बढी संक्रामक रहेको अध्ययनकर्ताहरुको भनाइ छ । स्रोत : सीएनएन
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update