Erani Mahal
पाल्पा जेसिजद्वारा आइसोलेनशमा बसेकालाई पौष्टिक आहारा सहयोग
106582384_583888565883687_2879812620959096989_n
पाल्पा– पाल्पा जेसिजको सहयोगमा आइसोलेनशमा बसेकालाई पौष्टिक आहारा सहयोग गरेको छ । तानसेनको मिसन हस्पिटल स्थित वृद्धाश्रम र तानसेन स्कुल अफ् हेल्थ साइन्स (नर्सिङ्ग कलेज) मा रहेका कोरोना पोजेटिभलाई रोग प्रतिरक्षात्मक क्षमता अभिवृद्धिका लागि पौष्टिक आहार दिइएको जिल्ला महासचिव अर्जुन कार्कीले रानीमहललाई बताउनुभयो । उनीहरुलाई हर्लेक्स, जुस, विष्कुट बल्साष्ट चेवनप्रसा सहित साम्रगी सहित स्वास्थ्य सम्बन्धि जानकारी समेत दिइएको हो । युनाइटेड मिसनका प्रशासकीय अधिकृत जीवन भट्टराइ र तानसेन नर्सिङ कलेका प्रिन्सिपल सकुन्तला थान्जुलाइ हस्तान्तरण गरिएकाे पाल्पा जेसिजका अध्यक्ष मदन गाहाले रानीमहललाइ बताउनुभयाे । उहाँले काेराेना देखिएका व्यक्तिहरुकाे आत्मबल बढाउन र राेगसँग लड्ने शक्ति बढाउन जेसिजले सहयाेग गरिएकाे बताउनुभयाे ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update