Erani Mahal
समयमै पानी परेपछि पाल्पामा ४० प्रतिशत धान रोपाईँ सकियाे
IMG_0531 (1)
पाल्पा – यो वर्ष समयमै वर्षात् भएकाले पाल्पामा हालसम्म ४० प्रतिशत धान रोपाईँ सकिएको छ । विगतका वर्षमा यही समयमा २० प्रतिशत मात्र धान रोपाईं हुने गरेकोमा यो वर्ष समयमै वर्षात् भएकाले असारको मध्यसम्ममा ४० प्रतिशतमा रोपाईँ सकिएको हो । पाल्पाको धान खेती हुने कुल भूभागको ४० प्रतिशत रोपार्इं सकिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । पाल्पामा नौँ हजार ३२५ हेक्टर भूभागमा धान खेती हुँदै आएको छ । त्यसमध्ये सिंचाईको सुबिधा भएको आठ हजार ६०० हेक्टरमा धान खेती हुँदै आएको छ । पाल्पाको रामपुर, माडी, पूर्वखोला, अर्गली, गेझा, कचल, झडेवालगायतका फाँटहरूमा धान खेती हुँदै आएको छ । धान खेती गर्न आकाशे पानीको भर पर्नुपर्ने स्थानमा समेत यो वर्ष रोपाईँ सुरु भईसकेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update