Erani Mahal
पूर्वाधार विकास कार्यक्रमतर्फको ५५ लाख कोरोना कोषमा : पूर्वमन्त्री पाण्डेय
kkkas
पाल्पा – पाल्पा क्षेत्र नं. २ कोे पूर्वाधार विकास कार्यक्रमको ५५ लाख रुपियाँ कोरोना राहत कोषमा राखिएको छ । पूर्वमन्त्री एवं संघीय सांसद सोमप्रसाद पाण्डेयले पूर्वाधार विकास कार्यक्रमतर्फ आएको ५५ लाख रकम कोरोना कोषमा जम्मा गरिएको जानकारी दिनुभएको छ । मंगलबार तानसेनमा पत्रकारहरुसँगको भेटघाटमा सांसद पाण्डेयले रिब्दीकोट गाउँपालिकाको राहत कोषमा ३५ र बगनासकाली गाउँपालिकाको कोरोना राहत कोषमा २० लाख रुपियाँ जम्मा गरेको बताउनुभयो । पूर्वाधार विकासका लागि रिब्दीकोट र बगनासकालीको सडक पिच गर्न विनियोजन गरेको रकम खर्च नभएपछि कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो । अहिले सांसद पूर्वाधार विकास कोषको रकम खर्च नभएर फ्रिज हुनु भन्दा कोरोना राहत कोषमा जम्मा गरे कोरोना नियन्त्रण तथा उपचारमा सहयोग पुग्छ सांसद पाण्डेयले भन्नुभयो त्यसैले खर्च नभएको रकम उक्त कोषमा राखेको छु । उक्त रकम पाल्पामा स्थापना हुन लागेको पीसीआर मेसिन व्यवस्थापनमा समेत खर्च गर्न सकिने उहाँले बताउनुभयो । काठमाडाैँबाटै काेराेना नियनत्रण पहल उहाँले आफू लकडाउनका कारण तीन महिना काठमाडौँ बस्नु परेपनि पाल्पा जिल्लाका लागि आवश्यक कीट, स्वास्थ्य सामग्री मन्त्रालयबाट व्यवस्थापनका लागि खटेको उल्लेख गर्नुभयो । मेरो निरन्तरको प्रयास र जिल्लाबासी तथा स्वास्थ्य मन्त्री र सचिव तथा अन्य निकायको सहयोगले पाल्पामा पीसीआर मेसिन पाल्पा आउने भएकाे छ, अब कोरोनाको जाँच जिल्लामै हुने अवस्था सिर्जना हुँदैछ भन्नुभयो । पीसीआर मेसिन पाल्पामै आउने भएपछि पाल्पा लगायत गुल्मी, अर्घाखाँची र स्याङ्जाका बिरामीको समेत कोरोना जाँच गर्न सहज हुने उहाँले बताउनुभयो । सांसद पाण्डेयले आफू केही दिनअघि मात्र पाल्पा आएको र आफ्नो निर्वाचन क्षेत्रमा भईरहेको विकास निर्माणको कामको अनुगमन गरेको बताउनुभयो । उहाँले आफूले जिल्लाका कोरोना संक्रमित बिरामीलाई भेटेको, क्वारेन्टाइन, आइसोलेसन सेन्टरको समेत अनुगमन र जानकारी लिएको बताउनुभयो । सोही कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ल्याब विज्ञ तथा संयोजक पुष्प खनालले पाल्पामा पीसीआर मेसिन संचालनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले पीसीआर जााच पद्धति अत्याधिक महङ्गो भएपनि सरकारले जनताको सेवाका लागि देशभर पीसीआर मेसिन राखेर कोरोना जाँच तथा उपचार गरिरहेको बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update