Erani Mahal
पाल्पामा काेराेना संक्रमितकाे संख्या ५ सय नाघ्याे
PCR Test Machine
पाल्पा । पाल्पामा मंगलवार र साेमवार गरेर थप ४१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै जिल्लामा संक्रमितको संख्या ५१४ पुगेको छ । आज थपिएका रैनादेवी छहरा रम्भा पुर्वखाेला र रामपुरका रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयाे । यस्तै भैरहवा स्वास्थ्य प्रयोगशाला र केन्द्रीय ल्यावले यसको पुष्टि गरेको हो। उनीहरू सबैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयाे । उनीहरू सबै अहिले पनि क्वारेन्टाइनमै रहेकाे र आइसाेलेशनमा राख्ने तयारी भइरहेकाे उहाँले बताउनुभयाे । पाल्पामा अहिलेसम्म १८ जनाले काराेना जितेर घर गएका छन भने एक जनाकाे मृत्य भएकाे छ । कुल संख्या ५ सय १४ मा ३ जना बाहिरी जिल्ला अर्घाखाँचीका २ र गुल्मीकाे १ जना समेत गरेर हाे । पाल्पामा अहिलेसम्म २ हजार ६ सय ८२ जनाकाे स्वाव संकलन गरेकाे स्वास्थय कार्यालयले जनाएकाे छ । ति मध्ध ५ सय १४ जना पाेजेटिभ रिपाेर्ट आएकाे छ भने अझै ८ सय बढीकाे रिपाेर्ट आउन बाँकी रहेकाे छ ।
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update