Erani Mahal
श्रीनगरडाँडामा  ‘तानसेन' होर्डिङ बोर्डको सिलन्यास
ed a
पाल्पा-जिल्लाको सदरमुकाम तानसेनस्थित श्रीरनगरडाँडामा निर्माण हुन लागेको ‘तानसेन इलेक्ट्रोनिक बोर्ड’ को शुभारम्भ सोमबार भएको छ। पाल्पा क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्र साझेदारी पूर्वाधार विकास कोष कार्यक्रमबाट बोर्ड निर्माण गर्न लागिएको हो । संघीय सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले ‘तानसेन इलेक्ट्रोनिक बोर्ड’को अक्षर जडानको सोमबार एक कार्यक्रमकाबीच शुभारम्भ गर्नुभएकाे छ । यसले नयाँ मोडेलको टुरिजम विकास गर्ने सांसद पाण्डेले बताउनुभयाे । यहाँको पर्यटकीय क्षेत्रमा थप विकास गर्नको लागि तानसेन लेखिएको ठूलो बोर्ड निर्माण गर्न लागिएको उहाँले बताउनुभयाे । सिद्धार्थ राजमार्गमा यात्रा गरिरहेका पर्यटक यही बोर्ड देखेपछि तानसेन चिन्न र आउन सकुन भन्ने उद्देश्यले निर्माण गर्न लागिएको उनले दावी गर्नुभयाे । तानसेनको एकमात्र विकासको बाटो पर्यटन भएको तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले बताउनुभयाे । ‘विरलै देखिने डाँडामाथिको सुन्दर बस्ती तानसेन बजार हो’ उनले भने ‘यहाँ ठूला उद्योग छैनन् । यहाँको विकासको मुख्य बाटो नै पर्यटन हो।’ योे बोर्डले आइकोनको रूपमा काम गर्ने उहाँले बताउनुभयाे । ठूला अक्षरमा तानसेन लेखिएका बोर्डको लम्बाई साढे ४३ मिटर र ८ मिटर उचाई रहने छ। भने ८ मिटर नै फराकिलोका अक्षर बनाइने छ। सोलारबाट हेलोजिन लाइट बालिने उहाँले बताउनुभयाे । सोलार सिस्टम हुने छ। कार्यक्रममा नेकपा नेता मोहन थापा, तानसेन नगरपालिका वडा नम्बर ३ वडाध्यक्ष महेसलाल शाक्य, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, बोर्ड निर्माण अनुगमन समितिका अध्यक्ष सुनिता शर्मा लगायतले बोर्ड निर्माण भइसकेपछि यहाँ आउने पर्यटक तानसेन कहाँ हो ? भनेर अलमलिन नपर्ने बताउनुभएको थियो। बोर्ड निर्माण कार्य तीव्ररूपमा अगाडी बढेको निर्माण योजनाका अध्यक्ष करूणा काफ्लेले बताउनुभयाे । असार मसान्तसम्ममा काम सम्पन्न हुने उनले दावी गर्नुभयाे । काफ्लेको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष थानीमायाँ सोमैले स्वागत र सन्तोष खनालले सञ्चालन गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update