Erani Mahal
तीन दिनदेखि पाल्पाका विभिन्न स्थानमा सलह कीरा घुमिरहेकाे छ !
salahakira
पाल्पा – शनिबार बेलुकी बुटवल हुँदै पाल्पा भित्रिएको सलह कीराको झुण्ड तीन दिनदेखि पाल्पाका विभिन्न स्थानमा रुमलिरहेको छ । सलह कीराको झुण्ड तीन दिनदेखि पाल्पाको छहरा, दोभानको झ्ङ्ला, बगनासकालीको चिर्तुङ्धारा, बराङ्दी, माडी, रिब्दीकोटको ख्याहा लगायतका क्षेत्रमा घुमिरहेको स्थानीय बासिन्दाको भनाई छ । सलह कीराको झुण्ड तीन दिनदेखि पाल्पा घुमेपछि यहाँका किसानलाई भने बालीनाली सखाप पार्ने हो कि भन्ने चिन्ताले सताएको छ । पाल्पामा ठूलो सङ्ख्यामा सलह कीराको समूह नभएपनि तीन दिनदेखि सलह कीराको झुण्ड जिल्लाको विभिन्न स्थानमा घुमिरहेको भन्ने जानकारी आएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । हालसम्म तिनााउकाे वडा नं. २ झ्याङ्लामा भने सलहकाे ठूला समूह रहेकाे उहाँकाे भनाइ छ । सलह कीराको सानो–सानो झुण्ड देखिएको र ठूलो झुण्डको टे«सिङ् गर्ने कार्य भईरहेको उहाँले बताउनुभयो । पाल्पामा देखिएको सलहको सानो झुण्डले बालीनालीमा ठूलो क्षति नपु¥याउने कृषि ज्ञान केन्द्रको भनाई छ । सलहको झुण्डले देख्नेवित्तिकै पाल्पाका स्थानीय भाडाकुँडा बजाउने, आगो बालेर धुँवा उडाउने कार्य गरेपनि सलह कीरा नभागेको दोभान झ्याङ्लाका किसानले बताएका छन् । सलह कीराले पाल्पामा हालसम्म कुनैपनि बालीनालीकाे क्षति नगरेकाे बताइएकाे छ । यद्यपी घाम लागेकाे अवस्थामा र माैसम खुलेकाे अवस्थामा भने सलह कीराले बालीनालीमा समेत क्षति गर्न सक्ने कृषि विज्ञहरूले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update