Erani Mahal
सिद्धबाबा पहिरो अपडेट :   बुटवल-तानसेन सडक एकतर्फी खुल्यो
siddbaba
पाल्पा– शनिवार रातीदेखि परेको पानीका कारण सिद्धबावामा पहिरो जाँदा सडक अबरुद्ध भएको सडक एकतर्फी रुपमा खुलेको छ । सिद्धबाबा मन्दिर नजिकै झरेको पहिरोले बाटो अबरुद्ध भएको सडक एकतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । [caption id="attachment_11243" align="alignnone" width="660"] समाचार प्रतिनिधि तस्विर गुगल [/caption] ढुंगा झरिरहेको, बाटो समेत पहिरोले भत्काएको र डोजर समेत जान नसकेको कारण बाटो तत्काल दुईतर्फी खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । यस्तै पूर्वखाेला गाउँपालिका १ काे पहिराे समेत हटाउनकाे लागि डाेजर गइरहेकाे छ । यहाँ सडक अबराेध हुँदा रामपुर तानसेन बाटाे समेत अबरुद्ध भएकाे छ ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update