Erani Mahal
पाल्पामा कोरोना परीक्षण गर्ने मेसिन राख्न विज्ञ टोली आयो, भोली देखि काम थाल्ने
PCR Test Machine
पाल्पा- पाल्पामा पिसिआर मेसिन जडानका लागि विज्ञ टोली पाल्पा आएको छ । शुक्रवार सरकारले पाल्पा अस्पतालमा पिसिआर मेसिन राख्ने निर्णय गरेको थियो । पाल्पामा आएको टोलीले पाल्पा अस्पतालमा मेसिन राख्ने ठाउँ र जडानबारे भोली आइतवार प्राविधिक अध्ययन गर्ने कार्यक्रम रहेको पाल्पाका सांसद सोम प्रसाद पाण्डेयले रानीमहललाई जानकारी दिनुभयो । पाण्डेयले विज्ञ टोली लिएर पाल्पामा आउँदै गरेको र आज राती अबेरसम्ममा पाल्पा पुग्ने जानकारी दिनुभयो । उहाँले टोलीले भोली नै सरोकारवाला निकायहरुसँग छलफल गरेर छिट्टै नै मेसिन जडान गरी परीक्षण गर्ने तयारी गरेको बताउनुभयो । साथै सांसद पाण्डेयले पाल्पाका विभिन्न क्षेत्रमा कोरोना १९ का लागि सुरक्षात्मक स्वास्थ्य सामग्री समेत लिएर जिल्लामा आउनुभएको छ । उहाँले भोली नै स्वास्थ्य सामग्री दिने बताउनुभयो । आइसोलेशन सेन्टरलाई दिनेगरी जिल्ला स्वास्थ्य कार्यालयलाई दिने सांसद पाण्डेयले बताउनुभयो । उहाँले पिपिई, सर्जिकल माक्स, एन ९५ माक्स, पिसिआर किट, ग्लोव्स लगाएतका सामग्री वितरण गर्ने बताउनुभयो । पाल्पामा पिसिआर जडान गर्नको लागि पाल्पा अस्पताल क्षेत्र, जिविसको भवन, महिला विकासको भवन लगाएतका भवनहरु प्राविधिक टोलीले हेर्ने र सर्वपक्षिय सहमतिको आधारमा राख्ने गरी कामको सुरुवात गर्नको लागि भोली ११ बजे बैठकको समेत आयोजना गरिएको सांसद पाण्डेयले बताउनुभयो । पाल्पा अस्पतालमा काेराेना परीक्षण मेसिन जडान गरिने
प्रकाशित मिति: शनिबार, असार १३, २०७७  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update