Erani Mahal
सलह कीराकाे प्रतिकिलाे २० रूपियाँ दिने ५ नं. प्रदेश सरकारकाे निर्णय
salahakira
पाल्पा – सलह कीरा नियन्त्रण गर्न र किसानलाइ क्षति हुन नदिन प्रदेश नम्बर ५ सरकारले सलह कीरा सङ्कलन गर्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको छ । किसानलाइ प्रोत्साहन स्वरुप किरा सङ्कलन गर्नेलाई रकम उपलब्ध गराउने निर्णय भएको कृषि विकास निर्देशनालय प्रदेश नम्बर ५ की वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले बताउनुभएकाे छ । सङ्कलन गरिएको सलह किरा स्थानीय तहमा बुझाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराउने निर्णय भएकाे अधिकारीले बताउनुभयो । भारतको सीमा क्षेत्र हुँदै रुपन्देहीमा भेटिएको सलह किरा पाल्पामा पनि आ्एकाे छ । पाल्पामा पनि सलह कीरा आएकाे देखियाे कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले भन्नुभयाे । सलह कीरा सामान्यतया दुई ग्रामको हुन्छ । सलह किराले एक दिनमा आफ्नो तौल बराबरको खानेकुरा खाने जानकारी दिनुभयो । ३५ हजार मानिसलाई पुग्ने खानेकुरा सलहको झुण्डले एकै पटक खाने उहाँको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update