Erani Mahal
शनिबार बेलुकी पाल्पाकाे विभिन्न स्थानमा देखियाे सलह कीरा
ttttt
पाल्पा – नेपालको सीमाना सुनौल, रुपन्देही हुँदै पाल्पामा पनि सलह कीरा प्रवेश गरेको छ । शनिबार दिउँशो रुपन्देहीको बुटवल क्षेत्रमा देखिएको सलह कीरा बेलुकी पख पाल्पाको दोभान, माडीफाँट, तानसेन, बगनासकाली, माथागढी लगायतका क्षेत्रमा देखिएको स्थानीय बासिन्दाले बताएका छन् । सलहको लाखौँको झुण्ड पाल्पाका विभिन्न स्थानमा देखिएको छ । शनिबार बेलुकीपख पाल्पा प्रवेश गरेकाे सलह कीरा मौसम सफा नभएको र चिसो भएकाले अल्मलिएको देख्न सकिन्थ्यो । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले सलह पाल्पाको विभिन्न स्थानमा सलह बसेको जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले रातिमा बस्दा सलहले अन्नबाली तथा अन्य बिरुवामा खासै असर नगर्ने तर दिउँशो र ताप बढेपछि भने अन्नबालीमा सलहको आक्रमण बढ्ने भएकाले सचेत रहनुपर्ने बताउनुभयो । सलहको असरबाट बच्न ध्वानी सहितको होहल्ला गर्नुपर्ने, धुँवा उडाउनुपर्ने वा विषादीको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । किसानले नै सचेत रुपमा सलहको आक्रमण रोक्न प्रयत्न गर्नुपर्ने उहाँको भनाई छ । के हाे सलह कीरा ? फट्याङ्ग्रा प्रजातिको एक कीरा सलहले अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ । हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बताइएको छ । यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् ।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update