Erani Mahal
पाल्पामा शब व्यवस्थापनमा खटिएका दुई जना सेनामा देखियाे कोरोना संक्रमण
U.S.-NEW YORK-COVID-19-DEATH TOLL
पाल्पा – नेपाली सेनाको पाल्पास्थित गोरखदल गणका दुई जना सेनामा कोरोना संक्रमण देखिएको छ । गत जेठ २० गते मृतक कोरोना संक्रमित युवाको शब व्यवस्थापनमा खटिएका ३३ र ३६ वर्षका सेनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । भारतबाट फर्किएका पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवाका ३६ वर्षका युवाको कोरोनाको कारणले मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ती युवाको शब व्यवस्थापनमा खटेका दुई जना सेनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । मृतककाे डुम्रे खाेलामा शब व्यवस्थापन गरिएकाे थियाे । शुक्रबार आएको ७७ जनामध्ये दुई जना नेपाली सेनाका पुरुषमा समेत कोरोना संक्रमण देखिएको हो । अन्य ७५ जना भने रामपुरका हुन् । [caption id="attachment_11200" align="alignnone" width="1200"] प्रतिनिधि तस्विर : गुगल ।[/caption] सङ्क्रमित दुई जना सेनालाई शब व्यवस्थापन गरेपछि नै क्वारेन्टाइनमा राखिएको गोरखदल गणले जनाएको छ । शब व्यवस्थापनमा अत्याधिक पानी परेका कारण व्यवस्थापनमा खटिएका मानिसमा समेत कोरोना सरेको हुन सक्ने भन्दै त्यतिबेला देखि नै साबधानी भने अपनाइएको दावी गरिएको छ । पाल्पामा हालसम्म ४४६ जनामा काेराेना संक्रमण देखिएकाे छ । तीमध्ये १९ जना काेराेना जितेर घरमा फर्किएका छन् ।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update