Erani Mahal
पाल्पा उद्योग वाणिज्य संघद्वारा कोरोना रोग प्रतिरोधात्मक औषधी वितरण
2
पाल्पा– पाल्पा उद्योग वाणिज्य संघ द्वारा कोरोना रोग विरुद्ध प्रतिरोधात्मक क्षमता (इमिन्युटी पावर) बढाउने औषधी निशुल्क वितरण गरेको छ । मारवाढी सेवा समाज द्वारा उत्पादित आर्सिनिकम एल्वब ३० सि नामक रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियो प्याथिक औषधी निशुल्क रुपमा वितरण गरिएको संघका अध्यक्ष राजु महर्जनलले बताउनुभयो । संघले अहिलेसम्म २ हजार बढी परिवारलाई पुग्ने औषधी वितरण गरिएको बताउनुभयो । उहाँले संघले जिल्लाका ग्रामीण क्षेत्रमा समेत औषधी वितरण गर्ने कार्यक्रम रहेको छ । औषधी पाँचजनाको परिवारलाई पुग्ने गरी ३० गोलीका दरले वितरण गरिएको छ । विहान खाली पेटमा ३ दिनसम्म एक एक चक्की लगातार खाने र त्यसपछि १ गोली हप्तामा एक पटक गरी ३ हप्तासम्म गरी जम्मा ६ गोली खाएपछि त्यसको डोज पुग्ने संघका लेखापाल सरोजलाल शाक्यले बताउनुभयो । शाक्यका अनुसार कोरोनाको औषधी नभइ मात्र प्रतिरोधात्मक क्षमता बढाउने औषधी भएकोले सकेसम्म सबैलाई वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले यो औषधीले कुनै साइड इफेक्ट नगर्ने डाक्टरहरुले जनाएको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update