Erani Mahal
आर्थिक विधेयक २०७७ को छुट सुविधा र करदाता सेवा कार्यालय तानसेन
सागर पोखरेल नेपालको संविधान जारी भएपछि नेपालको कर प्रणालीमा संरचनात्मक परिवर्तन देखिएको छ । संविधानले संघलाई भन्सार महशुल, अन्तशुल्क, मुअकर, संस्थागत आयकर, व्यक्तिगत आयकर, र पारिश्रमिक कर लगाउने, प्रदेशलाई घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, सम्पति कर ,मालपेतरभूमि कर, घरबहाल कर र व्यवसाय कर लगाउने अधिकार दिएको छ ।यसैगरी संघलाई राहदानी शुल्क, भिसा शुल्क, पर्यटन दस्तुर, सेवा शुल्क तथा दण्ड जरिवाना लगाउने, प्रदेशलाई पर्यटन शुल्क, सेवा शुल्क र दण्ड जरिवाना लगाउने र स्थानिय तहलाई पर्यटन शुल्क, सेवा शुल्क र दण्ड जरिवाना लगाउने अधिकार छ । कर भनेको कुनै व्यक्ति वा कम्पनीले कानुन बमोजिम सरकारलाई तिनुपर्ने अनिवार्य भुक्तानी हो ।सरकारले देशको नियमित,आकस्मिक र विकासात्मक गतिविधि यहि करको माध्यमबाट प्राप्त आम्दानीबाट सञ्चालन गरेको हुन्छ । करदाता सेवा कार्यालय तानसेन को कार्यक्षेत्र गुल्मी र पाल्पा रहेको छ । २०७७ असार १ गते सम्म यस कार्यालयमा मुअकरमा दर्ता १४६६ व्यवसाय, आयकरमा दर्ता १५२४४ व्यवसाय, अन्तशुल्कमा दर्ता १५९२ व्यवसाय र व्यक्तिगत पानमा दर्ता १३१३३ व्यक्ति रहेका छन् । २०७७ साल असार १ गते सम्मको २०७६।०७७ को राजस्व सङकलन करिब ४७ करोड रहेको छ । पाल्पा जिल्लामा धेरै जसो व्यवसायको कारोबार वार्षिक ५० लाख भन्दा कम रहेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ ले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर गरेको छ । आर्थिक क्रियाकलाप ठप्प हुदाँ रोजगारी गुम्ने तथा उद्योग धन्दाको उत्पादनमा समेत ह्रास आएकोले कर सङकलनमा पनि उल्लेख्य गिरावट आएको पाइन्छ । खुद्रा व्यवसाय गर्ने, होटल, रेष्टुरेन्ट, चलचित्र तथा पर्यटन उद्योगमा कोभिड १९ को असर अरु व्यवसायको भन्दा बढी रहेको छ । व्यवसायमा नाफा भएपछि मात्र आयकर तिरिने हुदा आयकरमा आ.व. २०७६।०७७ मा गिरावट आउने देखिन्छ भने मुअकर बस्तु तथा सेवा उपभोग गर्दा नै जोडेर लिइने हुदा लकडाउन सामन्य हुदै जादा उठ्नेछ । यहि विषयलाई ख्यालमा राखि कोरोना संक्रमणबाट बढी प्रभावित भएका हवाई सेवा, यातायातसेवा, होटेल,ट्राभल तथा ट्रेकिङ व्यवसायीलाई अर्थिक वर्ष २०७६।०७७ को आयविवरण अनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिइने भएको छ । पर्यटन ,ढुवानी व्यवसायी तथा चलचित्र घरलार्य मूल्य अभिवृद्धि कर विवरण तथा कर दाखिला गर्ने अवधि बढाई चौमासिक बनाइएको छ । आ.व. २०७६।०७७ को लागि पूर्वानुमानित कर बुझाउने करदातालाई ७५ प्रतिशत छुट दिइएको छ । यस अन्तर्गत वार्षिक वीस लाख रुपैयाँसम्मको कारोबार र दुई लाखसम्म आय हुने प्राकृतिक व्यक्तिद्वारा सञ्चालित व्यवसाय पर्दछन् । यस अन्तर्गत कारोबार गर्ने करदातालाई आ.व. २०७६।०७७ को लागि नगरपालिका भित्रका व्यवसायलाई १ हजार रुपैंया तथा गाउंपालीकाका करदातालई ६२५ रुपैंया मात्र बुझाए पुग्छ । त्यसैगरि आ.व.२०७६।०७७ कारोबारको आधारमा डेण्द्द आयविवरण बुझाउने वार्षिक वीस लाख रुपैया देखि पचास लाख रुपैयासम्मको कारोबार भएका करदातालाई पचास प्रतिशत छुट दिइएको छ । वार्षिक एक करोड रुपैयाँ सम्मको कारोबार भएका करदातालाई पचास प्रतिसत छुट दिइएको छ । होटल, ट्राभल, ट्रेडिङ्ग, यातायात वा हवाई सेवाको वार्षिक एक करोड रुपैयाँ भन्दा बढी कारोबार गर्ने व्यक्तिलाई बीस प्रतिशत छुट दिइएको छ । कुनै व्यक्तिले आव २०७६।०७७ मा नेपाल सरकार, प्रदेश वा स्थानीय तहले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा येगदान गरेको रकम उक्त वर्षको करयोग्य अय गणना गर्दा खर्च कट्टी गर्न पाउने भएको छ । नेपालको सार्वजनिक सेवामा सबैभन्दा बढी सुचना प्रविधि प्रयोग भएको कर प्रशासन हो। विगतका बर्ष देखि नै नेपालको कर प्रणाली सुचना मैत्री रहदै आएको थियो । बार्षिक ५० लाख भन्दा कम कारोबार हुने करदाताले कर दाखिला विवरण पेश तथा करचुक्ता प्रमाणपत्र अनलाइन आफै निकाल्न मिल्ने ब्यवस्था छ । यस ब्यवस्था सगै करदाताले अफ्नो घरबाटै धेरै काम गर्न सक्छन् । इप्यान को अनलाइन फर्म भरी सबमिसन न. कार्यालयमा मेल गरेमा करदाताकै इमेलमा प्यान न पठाइदिने व्यवस्था छ । अहिले करदाताले आफ्नो कारोबार स्वयम् घोषणा गर्ने भएकोले उ पहिले कर अधिकृत हो ।करदाताले पेश गरेको विवरण, खर्च अनुसार कर तिरेको छ छैन कार्यालयले हेर्छ । मुअकरमा दर्ता भएका करदाताले आफ्नो खरिद बिक्रि अनलाइन पेश गर्ने तथा राजश्व विधुतिय भुक्त्तानी जस्तै ऋयललभअत क्ष्एक् मार्फत अनलाइन तिर्न मिल्ने व्यवस्था छ । कोभिड १९ देखापरे सङ्गै करदाता सेवा कार्यालय तानसेनले धेरै काम अनलाइन, मेलको माध्यमबाट र करदाताको भौतिक उपस्थिति विना नै गर्ने गरी व्यवस्था मिलाएको तथा करदातालाइ प्रविधिमैत्री बनाउन सहजिकरण गरीरहेको छ । अडिट रिपोर्ट पेश गर्नुपर्ने करदाताले यदि सबै विवरण अपलोड गरेको छ , विवरण ठिक छ, करदाखिला मिलेको छ, खरिदबिक्री भिडान भएको छ भने एउटा निवेदन मात्र कार्यालयमा पेश गर्दा करचुक्त्ता प्रमाण पत्र लगायत अन्य सेवा प्रदान गर्दै आइरहेको छ । सरकारले करको दायरामा आउने करदातालाइ बजेट बक्तब्य २०७७ तथा आर्थिक विधेयक २०७७ बाट छुट तथा सुविधा दिएको छ । १) कुनै पनि व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए त्यस्ता व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७६।०७७ र २०७६।०७७ को बुझाउनुपर्ने आय विवरण र सोमा लाग्ने कर सम्वत् २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सो बापत लाग्ने शुल्क तथा ब्याज मिन्हा हुनेछ । २) स्थायी लेखा नम्बर लिई आय विवरण पेश नगर्ने वार्षिक पचास लाख रुपैंयाँसम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७३।०७४, २०७४।०७५ र २०७६।०७७ को आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको पच्चीस प्रतिशतले हुने रकम सम्वत् २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सोभन्दा अघिका वर्षहरुको आय विवरण पेश गर्नु नपर्ने र त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकी ब्याज मिन्हा हुनेछ। ३) स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७३।०७४ वा सो भन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक पचास लाख रुपैंयाँभन्दा बढीको कारोबार गर्ने प्राकृतिक व्यक्ति वा निकायले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको पच्चीस प्रतिशतले हुने रकम सम्वत् २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिन्हा हुनेछ । ४‍. सम्वत् २०७५ साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने मूल्य अभिवृद्धि करमा दर्ता भएका कुनै पनि करदाताले आफूले बुझाउनुपर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको पचास प्रतिशतले हुने रकम सम्वत् २०७७ साल फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिबाना, थप दस्तुर तथा बाँकी ब्याज मिन्हा हुने । पाल्पा तथा गुल्मीमा करदाता सेवा कार्यालय तानसेन पाल्पा तथा गुल्मीमा करदाता सेवा कार्यालय तानसेनले यही आ.व मा मात्रै १५ भन्दा बढी करदाता शिक्षा, विभिन्न गापा, नगरपालिका, उद्योग वाणिज्य सघ, ब्यापार सघहरुको समन्वयमा सम्पन्न गरेको छ । २०७६ साल साउन, भदौमा पाल्पाको रामपुर तथा गुल्मीको तम्घासमा कर शिविर सञ्चालन गरी करदाताको नजिक गइ कर संकलन गरिएको थियो । भुक्तानीमै करकट्टी गर्नेको हकमा त्यसको अनलाइन गर्ने तरिका इ टिडिएस सम्बन्धी तालिम सञ्चालन गरिएको छ। अनलाइन सिस्टम सञ्चालन सम्बन्धी कार्याशाला सञ्चालन गरी डे०१ विवरण डे०२ विवरण, मास्केबारी पेश गर्ने, इ प्यान रजिष्ट्रेसन, बिप्यान रजिष्ट्रेसन सिकाइएको छ । उद्योग वाणिज्य सघ रामपुर र करदाता सेवा कार्यालय तानसेनका सहकार्यमा पाल्पा, रामपुरमा द्दण्ठट फागुनमा ४ दिने मुअकर सम्बन्धी अधारभूत तालिम सञ्चालन गरियो । जसमा विल कसरी काट्ने, विल अनुसार खरिदखाता विक्रिखाता कसरी राख्ने तथा अनलाइन मास्केबारी राख्ने तरिका सिकाइएको थियो । त्यस्तै इ टिडिएस, डे.१, डे.२, डे.३ विवरण पेशगर्न पनि सिकाइएको थियो । बेलाबेलामा अबैध मदिरा जफत गरी प्रहरी, पत्रकारको रोहबरमा नष्ट गर्ने काम गरिएको छ । त्यसका साथसाथै गुल्मी पाल्पाका विभिन्न क्षेत्रमा बजार अनुगमन गरी करको दायरामा नआएका करदातालाइ करको दायरामा ल्याउने काम पनि गर्दै आइरहेको छ । मुलुकको विकास व्यवस्थापनलाइ दिगो बनाउदै सामाजिक न्याय, सुशासन, समावेशी तथा सन्तुलित विकास हासिल गर्न राजस्वको परिचालन प्रभावकारी हुनु जरुरी छ । करदाता मैत्री सेवा प्रवाहलाइ अझ आधुनिक र परिस्कृत गर्दै स्वेच्छिक कर सहभागिता प्रर्बधन गर्न हामी सदैव क्रियाशिल रहने छौ । अन्तरिक स्रोत मजवुतबाट मात्र विकास र सुशासन सफल हुने हुंदा लगानीमैत्री वातावरणको सिर्जना गरी आन्तरिक उत्पादन र उत्पादकत्व वृद्धि गरी आन्तरिक श्रोत मजबुत बनाउनु अजको आवश्यकता हो ।
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update