Erani Mahal
पाल्पाको चिदीपानीमा जेसिवि दुर्घटना दुइ घाइते
105974821_569030170654243_775967420541381458_n
बिकाश काफ्ले पाल्पा । माथागढी गाउँपालीका १ चिदिपानि अंगाहाखोलामा खोकखोला देखि गोतामे घाट सडक खन्डमा जेिसिवि दुर्घटना भएकाे छ । छिष्टारि देखि खोकखोला तेल लिन जादै गरेको जेसिबि जमिन भासिएर दुर्घटनामा परेको हाे । सडक बाट ५० मिटर तल खसेको स्थानीय बासी माधब प्रसाद ढकालले जानकारी दिनुभयाे । दुर्घटनामा जे सि बि चालक मुक्त बहादुर आले तथा सहचालक माधब खनाल घाइते हुनुभएको छ । घाइतेको तानसेन स्थित युनाइटेड मिसन हस्पिटलमा उपचार भइरहेको छ । घाइतेको अबस्थामा सामान्य रहेको अस्पतालले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update