Erani Mahal
पाल्पा जिल्लामा  थप ९३ जनामा कोरोना पुष्टिः संक्रमितकाे संख्या ३ सय ३९ पुग्यो
korona-
पाल्पा- पाल्पाका ९३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ९३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन सय ३९ पुगेको छ । भरतपुर अस्पतालले बिहीबार बिहान सूचना निकालेर असार १० गते भएको आरटी पीसीआर परीक्षणमा संक्रमितहरु भेटिएको जानकारी गराएको छ । पाल्पाका विभिन्न ठाउँबाट २३४ वटा नमुना परीक्षणका लागि भरतपुर आएको अस्पतालले जनाएको छ । चितवनको भरतपुर अस्पतालका १५, सिएमसी मेडिकल कलेजका ४, पुष्पाञ्जलीका २, क्यान्सर अस्पतालका २६, सिओएसएसका १६ र पाल्पाका समेत गरेर हिजो कुल २९७ वटा नमुनाको पसिआर भएको थियो । जसमध्ये पाल्पाका ९३ बाहेक अरु २०४ नमुनामा संक्रमण नदेखिएको अस्पतालको सुचनामा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update