Erani Mahal
पाल्पामा कोरोना संक्रमितको संख्या २ सय ४८ पुग्यो  (कहाँ कति तथ्यांक सहित)
काेराेना
पाल्पा - पाल्पामा कोरोना संक्रमितको संख्या २ सय ४८ पुगेको छ । बुधवार प्रदेश जनस्वास्थ्य कार्यालय र केन्द्रीइ प्रयोगशालामा गरी १४ जना नयाँ विर।ामी थपिएका हुन् । पाल्पामा अहिलेसम्म तानसेन नगरपालिका बाहेक अन्य पालिकामा कोरोना संक्रमितको विरामीहरु रहेका छन् । उनीहरु सबै विदेश भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रवक्ता ओम प्रकाश पन्थीले बताउनुभयो । पन्थीका अनुसार हालसम्म पाल्पाको माथागढीमा २७, रामपुर १६, पूर्वखोला १२९, रम्भा १६, बगनासकाली २८, रैनादेवी छहरा २०, तिनाउँ ३, रिब्दीको६ ४, निस्दी २ र अन्य अस्पतालका ३ जना गरी २ सय ४८ जना पुगेका हुन् । कुल ११ सय ७२ जनाको पिसिआर नतिजा आउँदा २ सय ४८ जनाको पोजेटिभ देखिएको हो । अझै ७ सय बढीको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ भने पाल्पामा एक जनाको कोरोनाको कारण मृत्यू भएको छ भने हालसम्म ७ जना निको भएर घर फर्किएका छन् । पाल्पाकाे काराेना पाेजेटिभ विवरण हेर्नुहाेस पालिकागत रुपमा कहाँ कति छन्
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update