Erani Mahal
निस्दी गाउँपालिकाकाे नीति कार्यक्रम : कृषि, पशुपालन र राेजगारीमा जाेड
policy nisdi palpa 2076-077
पाल्पा-निस्दी गाउँपालिका पाल्पाको सातौं गाउँ सभा तथा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। शिक्षा , स्वास्थ , रोजगार र पर्यटन सहितको पूर्वाधार प्रकृति र मगर संस्कृति निस्दीको आधार भन्ने मुल नाराका साथ गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष रिताकुमारी अर्याल खनालले आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। निस्दीले आगामी आर्थिक वर्षको लागि आत्म निर्भर हुने गरी कृषि तथा पशु उत्पादनमुखी , व्यवसायीमुखी तथा स्वरोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिएको छ। कोभिड १९ कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनमा विशेष जोड दिने नीति तथा कार्यक्रममा समिटिएको देखिन्छ । त्यस्तै नीति तथा कार्यक्रममा मानवीय विकास नै भौतिक विकासको आधार मनी शिक्षा क्षेत्रमा पनि विशेष जोड दिएको छ। मगर जातिको बाहुल्यता रहेको निस्दी गाउँपालिकाले मगर भाषा , साहित्य कला ,संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जोड दिदै , पर्यटन प्रवर्द्धनमा पनि विशेष जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ। नीति तथा कार्यक्रममा गरिबी निवारण पूर्ण सरसफाइ , लैंगिक तथा समावेशी विकासका लागि सामाजिक परिचालन कार्यक्रम , दीगो विकास वातारणीय संरक्षण तथा सम्वर्द्दन गर्न सघाउ पुर्याउने कार्यक्रम , स्थानीय स्रोत साधन र सीपको उच्चतम प्रयोग गरी रोजगारी सिर्जना गर्ने जस्ता कार्यक्रमलाई जोड दिएको छ। पूर्णपाठ हेर्न तल क्लिक गर्नुहाेस । policy nisdi palpa 2076-077
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update