Erani Mahal
पाल्पा - रामपुर नगरपालिकामा नगर स्तरिय अपाङ्गता संरक्षण समिति गठन भएको छ । नगरपालिकाले अपाङ्गता क्षेत्र संरक्षण समिति कार्य संचालन कार्यबिधी २०७७ अनुसार नगरस्तरिय अपाङ्गता संरक्षण समिती गठन गरेको हो । समितिको संयोजकमा युबराज रेग्मी, सदस्यहरुमा रामचन्द्र ढुंगाना, ओम बहादुर मल्ल, भिमा कुमारी घर्ती क्षेत्री, खिम बहादुर नेपाली, पदम बहादुर कुमाल, भारती पाण्डे, गंगा बहादुर राना, ओम बहादुर राना, जगन्नाथ कडेल, देबिलाल अधिकारी, कमला भुषाल र सदस्य सचिबमा नगरपालिका महिला, बालबालिका, अपाङ्गता तथा जेष्ठ नागरिक शाखाकी सहायक महिला विकास निरीक्षक पुजा परियार रहनुभएको छ । १३ सदस्यीय नबगठित समितिको असार ११ गते पहिलो बैठक बस्ने र नगरमा अपाङ्गता भएकाहरुको लागि थप काम गर्दै उनीहरुको अबस्था र सहजिकरणका लागि पहल गर्ने जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update