Erani Mahal
निस्दीको सिन्दुर आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन
nis 1
पाल्पा- जिल्लाकाे सिन्दुर आधारभूत विद्यालय निस्दी-६,अर्चले,पाल्पाको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष खेम बहादुर बि.क. को अध्यक्षतामा बसेको भेला विद्यालय सन्चालन र रेखदेखका लागि सन्चालक समिति गठन गरेको हो । भेलाले कृष्ण बहादुर सुनारीको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा जनी सरा सुनारी,मिन बहादुर मश्राङ्गी,पदम बहादुर खण्डलु,बोम कुमारी हिस्की रहनुभएको छ भने समितिको अन्य सदस्यहरुमा केशमाया सुनार,मेख बहादुर सुनारी,होम बहादुर राई र सदस्य सचिबमा प्रधानाध्यापक हुम बहादुर सुनारी रहनुभएको छ । त्यसैगरी भेलाले गुन बहादुर खनगाहाको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ । कार्यक्रममा बोल्दै विद्यालय संस्थापक अध्यक्ष दिल बहादुर मश्राङ्गीले विद्यालय सन्चालनमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड-१९ का कारण नियमित सन्चालन हुन नसकेको बताउदै शिक्षकहरुलाई विद्यार्थीहरुको पढाई गतिविधि बारे जानकारी लिइरहन सुझाव दिनुभयो । कार्यक्रममा कृष्ण बहादुर सुनारी,खेम बहादुर बिक,गुन बहादुर खनगाहा लगायतकाले आ-आफ्नो धारणा राख्नुभएको थियो । वि.स. २०३९ सालमा स्थापना भएको विद्यालयमा जम्मा १६१ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update