Erani Mahal
रामपुरकाे प्याकलुकघाट र खोप्टारमा झोलुङ्गे पुलको शिलान्यास
पाल्पा-रामपुरमा बन्ने २ छुट्टाछुट्टै झोलुङ्गे पुलको शिलान्यास भएको छ । रामपुर नगरपालिका वडा न ६ र ८ जोड्ने प्याकलुकघाट झलुङ्गे पुल र रामपुर ४ खोप्टार कासजरी झलुङ्गे पुलको सिलन्यास गरिएको हो । दुवै पुलको निर्माणमा सामाजिक तथा प्राविधिक सहयोग इन्द्रेणी समाज केन्द्र नेपालले गर्नेछ । ४६ लाख ३३ हजार ४ सय ३ रुपैयाँ २७ पैसाको लागतमा निर्माण हुन लागेको प्याक्लुक घाट झोलुङ्गे पुल ९४ मिटर लम्बाइको हुनेछ । रामपुर नगरपालिकाको २ लाख ७७ हजार ९ सय ८६ रुपैयाँ २० पैसा, स्थानीयको श्रमदान ९२ हजार ६ सय ६२ रुपैयाँ, क्षेत्रगत कार्यक्रमको नगद ३७ लाख ९१ हजार ९३ रुपैयाँ ९२ पैसा सहयोग र जिन्सी ४ लाख ७१ हजार ६ सय ६१ रुपैयाँ ८ पैसाको रहने पुल निर्माण समितिका अध्यक्ष कृष्ण कुुमार अर्यालले बताउनुभयो । समयमा नै पुल निर्माण पूरा गर्ने गरि अगाडि बढ्ने प्राबिधिक यम बहादुर रानाले जानकारी दिनुभयो । पुलको शिलान्यास गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले ठाउँ विशेष झलुङ्गे पुलको आबश्यकता अझ रहेको औल्याउनुभयो । त्यस्तै, खोप्टार र काँसजरी जोड्ने झोलुङ्गे पुल ६२ मिटर लम्बाइको हुनेछ । कुल ३२ लाख २५ हजारको लागतमा यो पुल निर्माण सकिने उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर थापाले बताउनुभयो।
प्रकाशित मिति: शनिबार, असार ६, २०७७  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update