Erani Mahal
हुम गैरेको शब्द संगीतमा समीक्षा गरैको तीज गीत माईत नगए  सार्वजनिक
मम
पाल्पा- नव गायिका समिक्षा गैरेले हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा माइत नगए गीति एल्बम बजारमा ल्याएको छ । २०७७ सालको नयाँ तिज गीत माईत नगए बिशाल फिल्मस् मार्फत सार्वजनिक भएको हो । गीतमा बरिष्ठ लोक गायक ईन्द्र जि.सी.,चर्चित गायक सर्जक हुम गैरे,चर्चित गायक रामचन्द्र चन्द,चर्चित गायिका जमुना राना अनि नव गायिका समिक्षा गैरेको स्वर सुन्न पाइन्छ । त्यसै गरि गीतको लय तथा शब्द संकलन भने चर्चित सर्जक हुम गैरेको रहेको छ । चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी संगै स्वयम् गायक गायिकाहरुकै अभिनय रहेको गीतको निर्देशन र सम्पादन पनि हुम गैरेले नै गरेका हुन् भने गीतको भिडियो रोशन भाटले खिचेका छन् । कोरोना भाईरसले यति बेला बिश्व नै आक्रान्त छ रोजगारीको शिलसिलामा खाडी मुलुक पुगेका एक नेपालीलाई कोरोना लागेको र नेपालमा रहेका उसका परिवारको दर्दनाक पिडालाई गीतको कथाबस्तु बनाईएको छ । सम्पुर्ण नेपालीहरुको यथार्थ पिडा तिज गीती कथा माईत नगए लाई सफलताको शुभकामना ।
प्रकाशित मिति: शनिबार, असार ६, २०७७  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update