Erani Mahal
पश्चिम रूकुम हत्याकाण्डविरूद्ध पाल्पामा दलित समुदाय आन्दोलित
IMG_7392
पाल्पा – पश्चिम रूकुम हत्याकाण्डविरूद्ध पाल्पामा दलित समुदाय आन्दोलित भएका छन् । मंगलबार तानसेन विरोध सभा सम्पन्न भएको छ । नेपाल दलित मुक्ति समाज पाल्पाको आयोजनामा मंगलबार तानसेनमा भएको सभामा नेपाल कम्युनिष्ट पार्टी पाल्पाका नेता धनेन्द्रराज घिमिरेले रूकुमको घटना बर्बर र अमानवीय भएको बताउनुभयो । घट्नाको घोर भ्रत्र्सना गर्दै उहाँले दोषीउपर हदैसम्मको कारबाही गर्न माग गर्नु भयो । एक्काइसौं शताब्दीमा भएको यस्तो घटनाले लज्जाबोध भएको उहाँले बताउनुभयो । यस्तो घटनाले आम नेपालीको शीर निहुरिएको नेता घिमिरेको भनाई छ । घटनाका् सत्यतथ्य छानविन गरी पीडितलाई न्याय दिन र पीडकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँले जोड दिनुभयो । [caption id="attachment_10785" align="alignnone" width="1296"] तस्विर : मिलन विश्वकर्मा[/caption] यस्तै नेपाल दलित मुक्ति समाजका केन्द्रीय सदस्य ठाकुर प्रसाद लोहागुनले कोरोनाले भन्दापनि आन्दोलनमा मर्न तयार रहेको बताउनुभयो । रूकुम हत्याकाण्डका दोषीलाई हदैसम्मको कारबाही नभए ६० लाख दलित समुदायले आन्दोलनको आँधी बेहेरी ल्याउने उहँले चेतावनी दिनुभयो । नेकपा निकट दलित विभाग पाल्पाका प्रमुख तीर्थप्रसाद गौतमले दलित समुदाय अझैपनि समाजको साँघुरो घेरामा बाँच्न बाध्य रहेको बताउनुभयो । प्रेम गर्नु कुनै अपराध नभएको भन्दै गौतमले लोक कल्याणकारी समाज निर्माणका लागि सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो । विभागका उपप्रमुख खुमबहादुर विश्वकर्माले दलित समुदायपनि मान्छे भएर यो समाजमा बाँच्न चाहेको बताउनुभयो । जातीय विभेद समाज विरोधी अपराध भएकोले विभेद गर्नेलाई समाजले वहिष्कार गर्नुपर्नेमा जोेड दिनुभयो । यसअघि मौन ¥याली निकालिएको थियो । लहरेपिपलबाट निकालिएको ¥याली तानसेन बजार परिक्रमा गरी आन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकेका थिए । यहि जेठ १० गते कर्णाली प्रदेशको चौरजहारी नगरपालिका वडा नं ८ सोती घट्नामा ६ जना युवाको हत्या भएको थियो । जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ राना गाउँ बस्ने दलित समुदायका नवराज बिक र चौरजहारी ८ सोती निवासी गैरदलित समुदायकी युवती सुष्मा मल्लबीचको प्रेम सम्बन्धलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update