Erani Mahal
तिनाउँ दाेभानका गरीब तथा विपन्न परिवारलाइ अनुदानमा बाख्रा उपहार
bakhra-bitaran
पाल्पा । पाल्पाको तिनाउ-२ नुवाकोटकी एकल महिला विष्णुमाया दर्जीले वडा बाट वितरण गरिएको उन्नत जातको बाख्रा उपहार पाएपछि खुसी व्यक्त गर्नुभएकाे छ । वडामा एकल महिला, गरिब तथा विपन्न परिवारको आर्थिक उपार्जनका लागि वडाले बजेट विनियोजन गरी व्यवसायीक बाख्रा पालनमा प्रोत्साहन गर्न लागि सतप्रतिशत अनुदानमा बाख्रा उन्नत जातको बोका वितरण गरेको हो । यसैगरी हरियाली गाउँकी एकल महिला कविता खत्रीले पनि वडाले वितरण गरेको उन्नत जातको बाख्रा पाएपछि व्यवसायीक बाख्रा पालनका लागि थप उत्साह पैदा भएको बताउनुभयाे । आर्थिक उपार्जन तथा जिविको पार्जनका लागि बाख्रा वितरण गरेकोमा खुसी व्यक्त गर्दै अनुदा पाएका हापुरका पूर्णबहादुर सार्कीले गाउँपालिका तथा वडाका जनप्रतिनिधीहरुप्रति आभार प्रकट गर्नुभयाे । तिनाउको वडा नम्बर २ ले चालु आर्थिक वर्षमा ३ लाख रकम विनियोजन गरी वडाका विभिन्न टोलमा रहेका आफ्ना नागरिकहरुर्ला ३२ वटा बोयर जातका बाख्रा तथा बोका वितरण गरेको हो । वडाले नागरिकहरुलाई आय आर्जनका लागि सत प्रतिशत अनुदानमा जमुना पारको बाख्रा र सुकेताल र गणेशटोल समुहलाई उन्नत जातको बोका वितरण गरेको हो । वडालाई कृषि उत्पादनसँगै पशु व्यवसायमा समेत आत्मनिर्भर बनाउँदै जनस्तर उकास्ने उद्देश्यले बोका वितरण गरिएको तिनाउ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ अध्य राजेश श्रेष्ठले बताए । वडामा बोका तथा बाख्रा वितरणका लागि आवेदन माग गरिए अनुसार ४८ वटा निवेदन परेकामा प्राथमिकताका आधारमा कुनै पनि टोल नछुट्ने गरी ३२ जना कृषकलाई छनोट गरिएको श्रेष्ठले बताउनुभयाे । जनतालाई उन्नत जातको बोका तथा बाख्रा वितरणमा सहभागी हुँदै तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिले गाउँपालिकालाई कृषि उत्पादनसँगै पशु पालनमा प्रोत्साहित गरीने बताउनुभयाे । गाउँपालिकालाई मत्स्य तथा मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले पशुपालन र कृषिमा विशेष महत्व दिएको अध्यक्ष घर्तिले बताउनुभयाे । यसैगरी गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाले व्यवसायीक कृषि उत्पादन र पशुपालनबाट नै गाउँपालिकालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकिने उत्तम विकल्प भएको बताउनुभयाे । यस्तै प्रमुख प्रशासकिय अधिकृत दामोदर भण्डारीले अनुदान पाएका कृषकहरुलाई अनुदानको सहि सदुपयोग गर्न आग्रह गर्नुभयाे । एनवि कँडेलबाट ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update